इटहरी । उद्योग वाणिज्य संघ इटहरी र वस्तुगत संघ बिच समसाममयिक विषयमा अन्तरकृया सम्पन्न भएको छ ।
इटहरीका वस्तुगत उद्योगी व्यवसायीहरुका समस्याका विषयमा उद्योग वाणीज्य संघ इटहरीले अन्तरक्रीया गरेको हो ।
इटहरीमा व्याप्त पार्कीङको समस्या र बैँक कर्जाका कारण व्यवसायीहरुलाइ परेको समस्या लगायतका समस्या सम्बोधन गरिनुपर्ने व्यवसायीहरुले जोड दिएका थिए । 
इटहरीमा पार्किङ समस्याको उचित व्यवस्थापन नहुदा व्यवसायीहरुले झेल्नुपर्ने समस्या र कोरोना कहरका समयदेखी निरन्तर खस्किदै गएको व्यवसाय क्षेत्रबाट आफुहरु प्रभावित भएको भन्दै व्यवसायीहरुले सहुलीयतताको माग गरेका थिए ।
उद्योग वाणिज्य संघ इटहरी सँग आबद्ध भएका वस्तुगत व्यवसायीका समस्या नजिकबाट नियाल्न अन्तरकृया कार्यक्रम आयोजना गरेको बताउँदै उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले व्यवसायीका समस्याबारे स्नानीय सरकार सँग समन्वय गरेर समाधानका लागी पहल गर्ने विस्वास व्यक्त गरे । 
साथै उनले बैँकको व्याजदर घटाउन सरकारलाई दवाव दिने देखी लिएर दोहोरो कर व्यवस्थापनमा समेत आफ्नो भुमिका रहने उनले विस्वास व्यक्त गरे ।
इटहरी मुख्य चौकबाट ३ सय मिटर वरपर सम्म पार्किङ निषेध गरेपछी व्यवसायीहरुमा व्यापक असन्तुष्टी रहसको छ भने बैँक तथा बित्तिय संस्थाहरुले व्याजदर बढाएको भन्दै व्यवसायीहरु आन्दोलित भइरहेका छन ।




















