काठमाडौं । वरिष्ठ गायक तथा सर्जक नविनकिशोर राईले वि.सं २०२८ मा तयार गरेको ‘टिकुली ट्याक’ बोलको गीत नयाँ स्वरूपमा तयार गरेर सार्वजनिक गरेको छ।

५१ वर्षपछि पुनः रेकर्ड गरिएको गीतमा रमेश प्रसाईंको स्वर रहेको छ। सोमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै गीतको भिडियो समेत सार्वजनिक गरिएको हो।

कलाकार दीपक आचार्य (काकु)ले निर्देशन तथा निर्माण गरेको गीतको भिडियोमा हरिश निरौला, प्रियना आचार्य, पुष्पराज ओझा, तुलसी घिमिरे, गरिमा शर्माले अभिनय गरेका छन्।335102959_714832503765483_4746524511001521714_n

भिडियोमा सुबोल थापाले कोरियोग्राफी र पवन सुस्लिङले छायाङ्कन गरेका छन्। सङ्खुवासभा, तेह्रथुम र धनकुटामा छायाङ्कन गरिएको भिडियोले मौलिकतालाई समेटेको निर्देशक अचार्यले जानकारी दिए।

सयबढी गीत गाएका राईले ‘टिकुली ट्याक’ जीवनकै पहिलो गीत रहेको बताए। निर्देशक आचार्यसहितको टिमले गीतलाई नयाँ स्वरूपमा ल्याउने अनुमति मागेपछि खुसीसाथ सहकार्य गर्न तयार रहेकोसमेत उनले बताए।