धनकुटा । ११३ औं अन्तरास्ट्रिय महिला दिवसको अवसरमा धनकुटामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । विएण्डसी शिक्षण अस्पताल, पुर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडको प्राविधिक सहयोग र जिल्ला अस्पताल धनकुटाको सहयोगमा सम्पन्न निःशुल्क शिविरमा तिनसय भन्दा बढिले नाम दर्ता गराएका थिए ।
उक्त शिविरको प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी लिला केसीले व्यानर पढेर र रिविन काटेर उद्घाटन गर्नु भएको थियो भने धनकुटा नगरपालिकाका उपप्रमुख भिमादेवि खनालले आफ्नो स्वास्थ्य जाँच गरेर शिविरको उद्घाटन गर्नु भएको थियो ।
धनकुटा नगरपालिकाको विशेष सहयोग रहेको उक्त शिविर अन्तरपाटी महिला सञ्जाल धनकुटाको आयोजनामा सम्पन्न भएको अन्तरपार्टी महिला सञ्जाल धनकुटाका पुर्व अध्यक्ष पार्वती राईले जानकारी दिनुभयो । 
उक्त शिविरमा ईएनटि सेवा , ईसिजि सेवा, एक्स(रे सेवा, ल्याव सेवा , युएसजि सेवा, क्यान्सर परीक्षण, प्रोस्टेजको परिक्षण तथा उपचारलगाएतका एघारवटा सेवा निःशुल्क दिने व्यानरमा लेखिए बमोजिमको सेवा निःशुल्क नपाएको सेवाग्राहीहरूले गुनासो गरेका छन् ।
पुर्जा बाहेकका सबै जाँचमा शुल्क तिर्नु पर्ने भएकाले सेवा व्यानरमा मात्र सिमित रहेको सविना निरौलाले गुनासो गर्नुहुन्छ ।
कम्तिमा सामान्य रूपमा कुन रोग लागेको रहिछ भन्ने थाहा पाउने उद्देश्य सहित निशुल्क सिविरको आयोजना गरेको आयोजक संस्थाका पुर्व अध्यक्ष राईले जानकारी दिनु भयो।
निरौला जस्ता धेरै सेवाग्राहीहरूले गुनासो गरेका छन् । जिल्ला बाहिरका डाक्टरलाई निःशुल्क रोग परिक्षण गराउन पाउने आसमा घण्टौ लाईनमा बसेर सिविरमा नामदर्ता गराएको भएपनि पैसा अभावका कारण रोग पत्ता लगाउन नसकेको पवित्रा सापकोटा गुनासो गर्नुहुन्छ । 
यश विषयमा आयोजक संस्थाका अध्यक्ष अम्विका धमला सँग जानकारी लिन खोज्दा उहाँले मिडियामा आफु पनि वोल्न नचाहेको र समितिका अन्य सदस्यलाई पनि अन्तरबार्ता दिन रोक लगाउनु भएको थियो ।
छथरजोरपाटी गाउँपालिका वडा नम्वर ३ निवासि विमल भुजेल जिल्ला अस्पतालमा आफ्नी श्रीमतीलाई उपचारकालागि लिएरआएको र सिविरमा उपचार निशुल्क भनेपछि लाईनमा वसि नामदर्ता गराई डाक्टरको परिक्षण पछि लेखिदिईएका जाँच गराउन जादा पैसा तिर्नु पर्ने भनेपछि आयोजक खोज्दै हिडेको बताउनु हुन्छ ।
विएण्डसि र पुर्वाञ्चल क्यान्सर अस्पतालबाट डाक्टर सहितको टोलीको प्राविधिक सहयोगमा निशुल्क परिक्षण गरेको विएण्डसि अस्पतालका कर्मचारी भोगेन्द्र पराजुलीले बताउनु भयो ।
शिविरको उद्घाटन कर्यक्रममा भिमदल गण सल्लेरी व्यारेक धनकुटाका गणपति प्रमुख सेनानि सुमन थापा, राष्ट्रिय अनुसन्धान अधिकृत, ६ नम्वर गुल्मका गुल्मपति, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख, जिल्ला अस्पताल धनकुटाका प्रसुती रोग बिशेषज्ञ एवं मेडिकल सुपरिटेन्डेन्ट अमिताभ ठाकुर लगायतको उपस्थिति रहेको थियो ।




















