इटहरी । इटहरी स्थित मकालु इङलिस बोर्डीङ स्कुलले आफ्नो २२ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका गरी सम्पन्न गरेको छ ।
कार्यक्रममा ज्येष्ठ नागरीकहरुलाइ सम्मान गरी कार्यक्रम सम्पन्न गरेको हो ।
ज्येष्ठ आमा,वुवाहरुको सम्मान गर्दै स्कुलले विद्यार्थीका आभिभावकहरु मध्यका ज्येष्ठ हजुर बुवा हजुर आमाहरु पनी सम्मान गर्दै आभिभावक दिवस सम्पन्न गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक थानेश्वर ढकाल नेलशनको अध्यक्षता तथा इटहरी उपमहानगरपालीका शिक्षा,युवा तथा खेलकुद महाशाखाका शाखा अधिकृत फाल्गुनी प्रसाद काफ्लेको प्रमुख आतीथ्यतामा आयोजित कार्यक्रमका बिच विभिन्न जातजातीका भेषभुषा सहित सांस्कृतीक कार्यक्रम प्रस्तुत गरिनुका साथै विद्यार्थीहरुले शैक्षिक प्रर्दशनी गरेका थिए भने अतिरिक्त कृयाकलापका विजेताहरुलाइ पुरस्कार वितरण गरिएको थियो । 
सो कार्यक्रममा विद्यालयले वर्षभरी सञ्चालन गरेका खेलकुद लगायतका अतिरिक्त प्रतीस्पर्धात्मक कृयाकलापका विजेता विद्यार्थीहरुलाइ पुरस्कृत गरेको हो । 
विद्यालयले विद्यार्थीको क्षमता बिकासका लागी प्रत्येक वर्ष अतीरीक्त कृयाकलाप गराउँदै आएको बताउँदै विद्यालयले फुटबल तर्फ सिनीयर र जुनियर,भलिवल,चेस लगायतका विभिन्न खेलकुद कार्यक्रमका विजेता विद्यार्थीहरुलाइ विभिन्न विधामा १ हजार भन्दा बढी मेडल मार्फत पुरस्कृत गरिएको जानकारी दिएका छन ।
कार्यक्रममा हिशान सुनसरीका अध्यक्ष सागर भट्टराई, प्यब्सन कोशी प्रदेश उपाध्यक्ष सुमित थापा लगायतको सुहभागिता रहेको थियो ।




















