इटहरी । उद्योग वाणिज्य संघ इटहरीको आयोजना तथा नेपाल युवा उद्यमी मंच र रोटरी क्लब अफ युगलको सह सम्योजनमा भएकोे होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । 

रंगको पर्व होलीको अवसरमा संघको आफ्नै सभाहलमा होली मिलन कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै उधोग वाणिज्य संघका अध्यक्ष जिवन पराजुलीले संघ र उद्योगी व्यवसायी तथा अन्य व्यवसायिक संघसंस्था बिचको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरे । 

संघले व्यवसायिक हक हितसंगै यस क्षेत्रको आर्थिक तथा सामाजिक बिकासमा नेतृत्वदायी भूमिका खेलेको स्मरण गर्दै व्यवसायिक समस्या समाधानको लागि सबै व्यवासयिक संस्थाहरु एकजुट भएर लाग्नुपर्ने बताए । WhatsApp Image 2023-03-07 at 15.55.28

कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव ढुंगानाले होली पर्वको सुभकामना आदान प्रदान गरेका थिए । मुलुक राजनैतिक तरलता बिच गुज्रिरहेको बेला यस्ता कार्यक्रमले झनै हौशला प्रदान गरेको र ब्यवसायिहरुको समस्यामा संघले सहकार्य गरेर लाग्नु पर्ने बताए ।WhatsApp Image 2023-03-07 at 15.55.28 (1)

र्कायक्रममा नेपाल युवा उद्यमी मंच प्रथम उपाध्यक्ष चन्द्रमणी देवकोटा , रोटरी क्लब अफ युगलका अध्यक्ष विनोद पौडेल, इप्रका इटहरीका प्रहरी प्रमुख डीएसपी माधव प्रसाद काफ्ले , इटहर िढुवानी एजेण्ट ब्यवसायि संघका अध्यक्ष चितनारायण चौधरी,नागरिक समाज इटहरीका अध्यक्ष राजु केशी , राष्ट्रिय जागृती क्लब इटहरीका अध्यक्ष सन्त बहादुर डुम्जन ,रेडिमेट व्यवसायी संघका अध्यक्ष बिनोद चोच्छे लगायतका ब्यवसायिहरुको सहभागिता रहेको थियो ।