धनकुटा । सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) नेपाल धनकुटाको तेस्रो जिल्ला अधिबेशन शनिबार धनकुटामा सम्पन्न भएको छ ।
उक्त अधिबेशनले खगेन्द्र सुबेदीको अध्यक्षमा १५ सदस्य जिल्ला कार्य समिति गठन गरेको छ ।
अधिबेशनको अवसर पारेर धनकुटा नगरपालिका वडा नम्वर १० का मुक्तिनाथ सुबेदी, पाख्रिबास नगरपालिका वडा नम्वर ७ का मुकुन्द सुवेदी ९प्रयास०, सुर्य सुबेदी र धनकुटा नगरपालिका वडा नम्वर ८ का बिदुर सुवेदीलाई उत्कृष्ट काम गरेको भन्दै सम्मान पत्रले सम्मान गरेको छ ।




















