धनकुटा । गुराँस लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता तथा ग्राहाकको गुनासो सुनुवाई कार्यक्रम धनकुटामा सम्पन्न गरेको छ ।
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय धनकुटाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका नगरप्रमुख चिन्तन तामाङ्गले उक्त कायक्रमको उद्घाटनको अवसरमा बोल्नुहुदै लघुवित्त संस्थाले महिलाहरुलाई आर्थिक गतिविधिमा सहभागी गराई महिला शशक्तिकरण गर्ने कार्यमा ठूलो योगदान गरेको चर्चा गर्दै एउटै ब्यक्तिले धेरै लघुवित्तबाट कर्जा लिन÷दिन नहुने र कर्जाको सदुयोग हुनु पर्ने तर्फ सजग रहनु पर्ने बताउनु भयो ।
सेवाग्राहीहरुलाई सुझाव दिदै नगरप्रमुख भन्नुहुन्छ, वित्तीय संस्थाबाट लिएकोे कर्जा तिर्नु नपर्ने भन्ने खालका अराजक हल्लाहरु पछि नलाग्न र आर्थिक अनुशासन कायम राख्न सबैमा आग्रह छ ।
उक्त अवसरमा विभागीय प्रमुख शिब कुमार श्रेष्ठले वित्तीय संस्थाले संचालन गरेको कर्जा तथा बचत कारोवार, ग्राहक संरक्षण र विकास सम्बन्धीका गतिविधिहरु र धेरै संस्थाबाट कर्जा लिदाका बेफाइदा, बचत तथा कर्जाको ब्याजदर, कर्जा भुक्तानी प्रक्रिया आदिबारे जानकारी गराउनु भएको थियो ।
वित्तीय संस्थाले प्रवाह गर्ने कर्जा, बचत, रेमिट्यान्स, बीमा र ग्राहक संरक्षण सम्बन्धी सुविधाको बारेमा जानकारी, कर्जालाई उत्पादनशील क्षेत्रमा उपयोग गर्ने, भविश्यमा आइपर्ने नियमित तथा आकस्मिक कार्यको लागि केही बचत गर्ने बानिको विकास गर्ने, समूहको दायित्व बुझाउने, नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम हाल वित्तीय संस्थाले लिएका रणनीतिहरु बारेमा जानकारी गराई लघुवित्त क्षेत्रमा भरखरै सृजना भएका भ्रमहरु निवारण गर्दै वित्तीय अनुशासन कायम गर्नेलगायतका उद्देश्यले कार्यक्रमको आयोजना गरिएको गुराँस लघुवित्त वित्तिय संस्थाको प्रमुख कार्यकारी अधिकृत नगेन्द्र मिश्रले जानकारी दिनुभयो ।
उहाँका अनुसार श्रृणिले श्रृण लिने अवस्थामा आफ्नो हैसियत ख्याल नगर्नु, टाठाबाठा मान्छेहरुको प्रलोभनमा परी श्रृण लिईदिने गर्नु, धेरै श्रृण लिने ब्याक्ति आफै मिडियाबाजि गर्ने गरेकोे, नितिगत कुरामा पनि ध्यान दिनु जरुरी रहेको, वित्तिय साक्षरताका कार्यक्रम, जनगुनासो सुनवाईका साथमा समाजलाई सुसुचित गर्दै जानु पर्ने, श्रृण माग्ने ब्याक्तिको कुनै अध्ययन नगरिनु, सिआईवि समयमा अपडेट नहुनु, नेपालको अर्थतन्त्र र जनसंख्याले धान्न कठिनाई, वित्तिय संस्थाहरु बढि हुनु, माग र सप्लाई राज्यले यकिन गर्न नसक्नु, व्यापारमा प्रतिस्पर्धाको कारणले गर्दा जनता या ग्रहाक सदस्यले चाहेको भन्दा बढि पैसा बजारमा आउनु, लिएको कर्जा उत्पादनमा लगाउनुको सट्टा दैनिक घरव्याबहार जिवनयापनमा लगाउनु, मोजमस्ति, सामाजिक रितिरिवाजमा खर्च गर्नु, संस्थाहरु नाफामुखि भएकाले पनि धेरै गुनासोहरु आउने गरेका छन्् ।
वित्तिय संस्थाले ग्राहाक सदस्य र कार्यकर्ताहरुलाई बचत, विप्रेषण, विमा, कर्जा, सेवा सुविधा, जनगुनासो लगायतका विषयमा जानकारी गराईनु आवश्यक रहेकोले गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्र प्रमुखहरुको वित्तीय साक्षरता तथा गुनासो सुनुवाई कार्यक्रमको आयोजना गरिएको गुराँस लघुवित्त वित्तिय संस्थाको प्रमुख कार्यकारी अधिकृत नगेन्द्र मिश्रले बताउनु भयो ।
गुराँस लघुवित्तका अनुगमन अधिकृत राजन खत्रीले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा शाखा कार्यालय धनकुटा अन्तर्गतका ५१ जना केन्द्र प्रमुख, धनकुटा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष रोशेष श्रेष्ठ, संस्थापक शेयरधनी दिनेश अधिकारी र वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत नगेन्द्र मिश्र, धनकुटा शाखा प्रमुख देव नारायण दासलगायतको सहभागीता रहेको थियो ।




















