धनकुटा । संसारका मजदुर एक हौं माक्सबाद, लेनिनबाद माओबादी जिन्दाबाद भन्ने नाराका साथ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति धनकुटाको चौथो पुर्ण बैठक तथा संगठन सुदृढीकरण एवंम् जनसम्बध विस्तार अभियान धनकुटामा सम्पन्न भएको छ । 

प्रदेशको सर्कुलरका विषयमा जानकारी, जिल्ला स्थित सातै पालिकाको गतिविधी रिपोटिङ्ग, सचिवालय टिम गठन गरि जनवर्गीय जिम्मेबारी बाँडफाडका साथमा बैठक सम्पन्न भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति धनकुटाका संयोजक कुसुम कुमारी श्रेष्ठ (जुली) ले जानकारी दिनुभयो ।IMG20230304124141

शहज बेला नभएर संकटकालीन समयमा पार्टीलाई बचाउन र अगाडी बढाउन ईन्चार्जमा धनमाया वि.क. र संयोजकमा कसुम श्रेष्ठ दुवै महिला नेतृत्वलाई जिम्मेवारी दिए सँगै धनकुटा जिल्लामा कार्यकर्ताको उपस्थिति सन्तोषजनक रहेकोमा पार्टीका केन्द्रिय सदस्य  एवं मन्त्री दुर्गा प्रसाद चापागाँई ( क.सचिनले खुसि ब्याक्त गर्दै सबैले एकजुट भएर पार्टीमा लागेर अहोरात्र खटेर काम गर्न आफ्ना कार्यकर्तालाई आग्रह गर्नु भयो ।  IMG20230304130307

नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति, धनकुटाको आयोजनामा समितिका संयोजक कुसुम कुमारी श्रेष्ठ (जुली)को अध्यक्षता एवं कोशी प्रदेश भौतिक पुर्वाधार मन्त्री दुर्गा प्रसाद चापागाँई (क.सचिन) को प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा जिल्ला ईन्चार्ज धनमाया बि.क., प्रदेश उपाध्यक्ष क.शिब कुमार डाँगीको विशेष आतिथ्यता रहेको थियो । IMG20230304123944

उक्त बैठकमा पार्टीका प्रदेश सदस्य, सल्लाहकार साथै जिल्ला समन्वय समिति सदस्य, कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।