धनकुटा  । आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नम्वर १ विराटनगरकाे आयाेजनामा

लागूपदार्थ दुर्व्यसन तथा विपद् व्यावस्थापनमा हामी स्वयम्सेवी विषयक कविता प्रतयाेगिता धनकुटामा सम्पन्न भएकाे छ ।  

जिल्ला स्थित ३८ जना प्रतिस्पर्धी रहेकाे उक्त प्रतियाेगितामा शीर्षक सार्थकता, विषयवस्तुकाे संगठन, लयविधान, भाव र प्रस्तुतीकरणलाई मुल्यांकनकाे अाधार बनाईएकाे थियाे । 

प्रतियाेगितामा तुलसिमेयर स्कुलका निर्जला राई प्रथम, तम्माेरभ्याल्लि स्कुलका प्रेमिसा कार्की दाेस्राे, जनता माध्यमिक विध्यालय जितपुरका रमण पाैडेल तेस्राे हुनुभएकाे थियाे भने ग्रामिण जनता माध्यमिक विध्यालय नाम्जेका राेसना अार्चायले सान्तवना पुरस्कार प्राप्त गर्नु भएकाे थियाे । 

पहिलाे, दाेस्राे, तेस्राे र चाैथाे हुनेलाई क्रमशः पाँचहजार, तीनहजार, दुईहजार र सान्तवना एकहजार नगद र प्रमाण पत्र प्रदान गरिएकाे थियाे । 

सामुदायिक तथा संस्थागत विध्यालयमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत किशाेर किशाेरीहरूकाे समुहलाई हामी स्वयमसेवी भन्ने बुझिन्छ ।