आमचोक । भोजपुर जिल्लाको आमचोक गाउँपालिकाले तेह्रौं हिउदे गाउँ सभा सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष असोक राईको अध्यक्षतामा गाउँपालिकाको सामुदायिक सभाहलमा अधिवेशन सम्पन भएको हो । गाउँ सभामा जनताको आवश्यकता र पालिकाको विकासका लागि आफुहरु लागि परेको अध्यक्ष राइले बताएका छन । जनताको मनोभावना अनुसार जनप्रतिनिधि तथा गाउँसभा सदस्यहरुको राय सुझाव अनुसार वजेट निर्माण गरिएको बताउँदै अध्यक्ष राइले थानिय सरकारलाई प्रभावकारी सिंहदरबार बनाउने हो भने, स्थानिय सरकारलाई संघ र प्रदेश सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
हाल बजेट अभावका कारण पालिकालाइ योजना बनाउन पनि असहज हुने गरेको बताउँदै अध्यक्ष राइले स्थानिय सरकारलाई मजबुद बनाउनका लागी संघीय र प्रदेश सरकारलाइ पनि आर्थिक रुपमा सबल बनाउनु पर्ने बताएका छन ।
आमचोक गाउँ पालिकाको आर्थिक वर्ष २०७८९÷८० को तेह्रौं हिउदे गाउँ सभामा विभिन्न ८ वटा प्रस्ताव उपप्रमुख सिता राइले सभामा राखेकी थिइन ।
उपप्रमुख राइले गरेको प्रस्ताव माथि जनप्रतिनिधि तथा पार्षदहरुले छलफल गरेका थिए । कार्यपालिकाले वजेट संसोधन तथा अनुमोदन र रकमान्तर रकम माथि छलफल तथा अनुमोदन गरेको थियो । हिउँदे गाउँसभामा जिल्ला समन्वय समिती भोजपरको सदस्य गोमा देवी राई, प्रमुख प्रशासकीय अधिकुत धनकुमार राई लगायतको आतिथ्यता रहेको थियो । हरेक आर्थिक वर्षको बजेट अधिवेशनबाट पारित भएका योजना तथा कार्यक्रमहरुको प्रभावकारिता तथा ऐन नियमहरु निर्माण गर्नको लागि हिउदे गाउँ सभालाई महत्वका साथ लिने गरिन्छ ।




















