धनकुटा  । पहिलाे पटक जिल्ला अस्पताल धनकुटा मै झरेकाे पाठेघरकाे सफल शल्यक्रिया भएकाे छ । 

अस्पतालका प्रसुती तथा स्त्रीराेग बिशेषज्ञ एवं मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अमिताभ ठाकुर, एनेेस्थेसियोलोगिस्ट डाक्टर इभा शाक्य, सिला सुब्बा, गीता, नबीना लगायतकाे  टिमले पहिलो पटक झरेकाे पाठेघरको सफल सल्यक्रिया गर्न सफल भएकाेमा खुसि व्याक्त गर्नुभयाे । अब भने पाठेघरकाे समस्या, आङ खस्ने, प्रसुती, पाठेघरमा एजेरू पलाकाेलगायतका समस्या भएमा जिल्ला अस्पताल धनकुटामै उपचार भएसँगै धनकुटा, भाेजपुर, संखुवासभा, तेह्रथुम लगायतका विरामीहरूलाई उपचारमा शहज भएकाे छ । 

यसका साथ साथै अस्पतालमा जनरल मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति राेग, नि:शुल्क  शल्यक्रिया मार्फत बच्चा जन्माउने, नाक, कान, घाँटी, बालराेग, हाडजाेर्नी, मुटुराेग, छाला तथा याैनराेग, मानसिक तथा नशाराेग, चाैविसै घण्टा अाकास्मिक र फार्मेसीलगायतका सेवा समेत उपलब्ध छन् ।

 डिजिटल एक्सरे, चाैविसै घण्टा एम्बुलेन्स, सर्वसुविधा सम्पन्न शल्यक्रिया कक्षहरू, वातानुकूलित तथा सुविधा सम्पन्न क्याविनहरू, जेनेरल वार्ड, अाे.पि.डी. तथा प्रतिक्षालय, दक्ष तथा अनुभवि नर्स तथा स्वास्थ्यकर्मीहरू, नि:शुल्क खाेप र प्रशुती शल्यक्रिया लगायतका सुबिधाहरू रहेका छन । यसका साथ साथै अागामि दिनमा शान्ति शुरक्षाका साथै ज्येष्ठ नागरिक सेवा सुविधा समेत सञ्चालनमा ल्याउने तयारी भईरहेकाे प्रसुति तथा स्त्रीराेग विशेषज्ञ डाक्टर ठाकुरले जानकारी दिनुभयाे ।