धनकुटा। विद्यालयहरुमा प्रविधी मैत्री बनाउने उद्धेश्यले छथरजोपाटी गाउँपालिकामा सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुकालागि ४ दिने कम्प्युटर सम्बन्धी क्षमता विकास तालिम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा बोल्नुहुदै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जितमान जीमीले तालिममा सिकेका कुराहरुलाई विद्यालयमा लागु गरी विद्यालयलाई प्रविधी मैत्री बनाउन शिक्षकहरुलाई आग्रह गर्नुभयो ।
८ गते बाट ११ गते सम्म सञ्चालन भएको उक्त तालिममा पालिका स्थित सामुदायीक तथा संस्थागत विद्यालयका शिक्षक तथा शिक्षिकाहरुको सहभागिता रहेको थियो ।
गाउँपालिका उपाध्यक्ष गिता गुरुङ्ग खेवाले पछिल्लो समय प्रविधीको विकास छिटो छिटो हुदै गएकोले समय अनुसार वालवालिकाहरुलाई शिक्षा दिनु पर्ने र गाउँपालिकाले आयोजना गरेको तालिम महत्वपूर्ण रहेको बताउँनु भयो ।
पालिकाको आयोजनामा सुरु भएको उक्त तालिमको समापनमा मोहन घिमिरेले शहजिकरण गर्नु भएको थियो ।




















