धनकुटा  । नेपाल राष्ट्र भुतपुर्व संघले मागे अनुसारको नेपाली सेना श्रीमती संघको आयोजनामा नेपाली सेना कल्याणकारी कोसबाट धनकुटामा तालिम सञ्चालन भईरहको छ । 

भू.पू. सैनिकका आश्रित परिवार २५ बर्ष ननाघेका छोरा छोरी र श्रीमतीहरुका लागि तालिम सञ्चालन गरी स्वआर्जनका साथै रोजगारको श्रृजना गरी आयस्तरमा सुधार गर्न नेपाली सेनाको कल्याणकारी कोसबाट प्राप्त हुने रकमबाट धनकुटा स्थित भिमदल गण, सल्लेरी ब्यारेकको हलमा तालिम सञ्चालन भईरहेको छ ।

पुर्वाञ्चलामा यस अघि हिलेमा एउटा र यसपटक गरेर दुइएवटा तालिम माग गरि सञ्चालन गर्न सफल भएको नेपाल राष्ट्र भुतपुर्व संघका जिल्ला सभापति तथा केन्द्रिय सदस्य धन बहादुर खड्काले जानकारी दिनुभयो । 

२० जना भू.पू. सैनिकका आश्रित परिवारको सहभागिता रहेको उक्त तालिम पुष १८ गतेबाट शुरु भएको हो । IMG20230216123739

उक्त तालिम चैत्र २६ गते सम्म सञ्चालन हुने प्रशिक्षक सर्मिला चेम्जुङ्ग देवानले जानकारी दिनुभयो । उहाँका अनुसार तालिममा कानेटोपी, बाबा भोटो, सुरुवाल,, म्याक्सि, सादा सुरुवाल, कुर्ता, बाबा सर्ट, चौबन्दि, पेटीगोटलगायतका चौध प्रकारका पोसाक सिलाउने सिप सिकाईने छ ।

यो उमेरमा तीन महिने तालिममा सिप सिकेर केहि आर्जन गरेर छरछिमेकमा सहयोग गर्ने र आय आर्जन गरि घर ब्याबहार चलाउन शहज हुने सहभागी बेनि कुमारी खड्का खुसि ब्याक्त गर्नुहुन्छ । 

भूपू सैनिक र बहालवाला दुवैका परिवारलाई दिएको तालिम फलदायि रहेको र सिपका साथ साथै साथिभाईसँग बसेर नयाँ नयाँ कुराहरु समेतको जानकारी पाएको सहभागि तारादेवि पौडेल बताउनु हुन्छ ।