धनकुटा । सिपका माध्यमबाटमा महिलाहरुलाई आत्मनिर्भर वनाउने उद्धेश्यले संचालन भएको एक महिने डल कुशन वनाउने तालिम सम्पन्न भएको छ ।
धनकुटाको चौबीसे गाउँपालिका वडा नम्बर ४ को सभाहलमा भएको तालिम प्रगितिशिल महिला समुहको आयोजना र घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको सहयोगमा तालिमको आयोजना गरिएको हो ।
भावना सिलाई प्रशिक्षण केन्द्र धनकुटाकी सञ्चालिका भावना मल्ल ठकुरीले प्रशिक्षण दिएको तालिमका सहभागि १२ जना महिलाहरु लाइ प्रमाण पत्र वितरण गरिएको छ । 
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख ईश्वर थापाको अध्यक्षता तथा चौबीसे गाउँपालिका वडा नम्बर ४ का वडक अध्यक्ष लोकेन्द्र मगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तेजनारायण भण्डारी,अर्जुन गिरी बडा सदस्य वेदकुमारी गजमेर लगायतले प्रमाण पत्त वितरण गरेका थिए । 
एक महिना सम्म भएको तालिम प्रभावकारी रुपमा सञ्चालन भईरहेको तालिममा विभिन्न किसिमका व्यवसाय सञ्चालन गर्न सकिने तालिम हासिल गरेर आत्मनिर्भर वन्न सकिने तर्फ महिलाहरुलाई उत्साह प्रदान गर्न तालिमको आयोजना गरेको प्रगितिशिल महिला समुहकी अध्यक्ष कमला राईले जानकारी दिइन् ।




















