धनकुटा । चार वटा निर्णय तथा प्रस्ताव सर्वसम्मत पारित गर्दै धनकुटा नगरपालिकाको दोस्रो नगर सभा सोमबार सम्पन्न भएको छ ।

धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख भिमादेवी खनालले सभाले संघ, प्रदेशबाट वा नगरको सञ्चित कोषबाट बजेट प्राप्त भएमा सञ्चालन गर्ने गरी १४ वटा योजना तथा कार्यक्रमलाई स्वीकृति दिने प्रस्तावहरु प्रस्तुत गर्नु भएको थियो । 

नगर कार्यपालिकामा कार्यरत कर्मचारीहरुको तलबी प्रतिवेदन नगर सभाले स्वीकृत गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले जानकारी दिनुभयो ।Nagar Sava News  (4)

गत बैशाख ३० गते स्थानीय तह निर्वाचन भएको थियो । निर्वाचनबाट नगरको दोस्रो कार्यकालका लागि जनप्रतिनिधिहरु चुनिएपछि गत असारमा धनकुटा नगरपालिकाको पहिलो नगर सभा भएको थियो ।Nagar Sava News  (2) त्यसपछिको दोस्रो नगरसभा शोमबार सम्पन्न भएको नगरका प्रवक्ता जम्सेर राईले जानकारी दिनुभयो । उहाँका अनुसार नगर सभाले बिनियोजन ऐन संशोधन, गत साउनदेखि हालसम्म नगर कार्यपालिकाले गरेका निर्णयहरुलाई पनि नगर सभाले अनुमोदन गरेको छ । 

नगर सभामा नगरप्रमुख, उपप्रमुख, १० वटै वडाका वडाध्यक्ष, वडा सदस्यहरु र कार्यपालिकाका सदस्यहरु सहभागि रहेका थिए ।