इटहरी । इटहरी २० तरहरामा रहेको किड्स ह्याप्पी होमले दोस्रो स्नातक समारोह तथा अभिभावक दिवस मनाएको छ ।
दिवसको अवसरमा बिद्यार्थीहरुले बिभिन्न जातजातीको भेषभुषामा सजिएर सांस्कृतिक नृत्य प्रस्तुत गर्नुका साथै फेसन सो पनि गरेका थिए । सोहि अवसरमा बिद्यार्थीहरुले खेलकुद प्रर्दशन लगायतका गतिबिधिहर प्रस्तुत गर्नुका साथै ट्राफिक सचेतना सम्बन्धि नाटक समेत प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष मणिराम श्रेष्ठको अध्यक्षता तथा जिल्ला प्रसासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख आतिथ्यता रहेको कार्यधmमा तरहरा जेसिसका अध्यक्ष बहादुर तामाङ, किड्स ह्याप्पी होमका प्रबन्ध निर्देशक सुनिल भुसाल, प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी, लगायतका अतिथी अभिभावकहरुको सहभागिता रहेको थियो । 
प्ले ग्रुप देखि कक्षा ५ सम्मका दुई सय बिद्यार्थीहरुलाई अध्यन अध्यापन गराउँदै आएको किड्स ह्याप्पी होमले बिद्यार्थीहरुलाई पढाईका साथ साथै अतिरिक्त क्रियाकलापहरु पनि गराउँदै आएको किड्स ह्याप्पी होमकि प्रधानाध्यापक रिता भुसाल आचार्यले बताइन् । 
सोही अवसरमा कक्षा ५ मा अध्यनरत बिद्यार्थीहरुको उज्वल भबिस्यको कामना गर्दै बिधाई तथा स्नातक समारोह पनि अभिभावक दिवस कै दिन गरिएको प्रधानाध्यापक भुसालले जानकारी दिइन ।




















