इटहरी । इटहरीमा रहेको विश्व आदर्श एकेडेमीले आफ्नो छैठौं अभिभावक दिवस विविध कार्यक्रम  गरी मनाएको छ ।

 स्कुल परिसरमा भएको कार्यक्रममा अतिरित्त क्रियाकलाप अन्तरगत विविध कार्यक्रम  गरी अभिभावक दिवस सम्पन्न गरेको हो ।

अभिभावक दिवसको उद्घाटन  प्रमुख अतिथि इटहरी उपमहानगर पालिकाका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख सुर्य सुवेदीले गरेका थिए ।

 स्कुलको अभिभावक दिवसको उद्घाटन गर्दै सुवेदीले संस्कार र सिपसहितको गुणस्तरिय शिक्षा दिनुपर्नेमा जोड दिए ।  अहिले आवश्यकता भनेको संस्कार सहितको रोजगारमुखी शिक्षा भएकोले यसतर्फ ध्यान दिनुपर्ने उनले बताए ।IMG_20230220_111019_1

यस्तै कार्यक्रममा बोल्दै विश्व आदर्श एकेडेमीका अध्यक्ष लेखनाथ घिमिरेले गुणस्तरीय शिक्षासँगै विद्यार्थीको क्षमता अभिवृद्धिका लागि स्कुलले अतिरित्त शिक्षामा विशेष ध्यान दिएर अघि बढीहेको पनी बताए ।

अभिभावक दिवसको अवसर पारेर सासाना फेशन शो पनि आयोजना गरिएको थियो । IMG_20230220_104853

 अभिभावक दिवसमा विद्यार्थीहरूले साँस्कृतिक नृत्य, गायन र फेशन शो , विभिन्न खेलकुद प्रर्दशन पनि प्रस्तुत गरी सहभागीहरुलाई दिनभरी मनोरञ्जन प्रदान गराएका थिए । 

कक्षा नर्सरी देखि १० कक्षा सम्मका विद्यार्थीहरुले जातिय पहिचान झल्कने भेषभुषामा सहजिएर मनोरञ्जनात्मक कार्यक्रममा खेलहरु पनि विधार्थीहरुले देखाएर रमाइलो गरेका थिए । IMG_20230220_105735_1

कार्यक्रममा विश्व आदर्श एकेडेमीका प्राचार्य गणेश कुमार दुलाल,सह प्राचार्य  रितेश चौधरी , सह प्रधानाध्यपक मोहन प्रसाद निरौला ,नगरिक समाजका अध्यक्ष राजु केसी ,प्यब्सन प्रदेश उपाध्यक्ष सुमित थापा ,हिसान सुनसरी अध्यक्ष सागर प्रसाद भट्टराई ,नेपाल रेडक्रस सोसाइटी इटहरी अधयक्ष दिनेश भट्टराई  लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।