इटहरी । विद्यार्थी बोक्ने सवारीका चालकहरुलाई ट्राफिक नियम तथा सडक सुरक्षा सम्वन्धीत अनुसान लगायतका विषयमा जानकारी गराउने उद्धेश्यले सुनसरीको इटहरीमा सचेतना कार्यक्रम सञ्चालन गरियो ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीले विद्यार्थीलाई शैक्षिक संस्था सम्म ल्याउने तथा लैजाने महत्वपुर्ण जिम्मेवारी समाल्ने चालक तथा सहचालकहरुलाई लक्षित गरी सडक सुरक्षा सम्वन्धी सचेतना कार्यक्रम गरिएको हो ।
इटहरी क्षेत्रमा रहेका हिसान आवद्ध शैक्षिक संस्थाहरुका चालक र सहचालकहरुलाई ट्राफिक नियम, सडक कानुन र अनुसार सम्वन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको हिसान सुनसरीका अध्यक्ष सागर भट्टराईले जानकारी दिए ।
उनले विद्यार्थी ल्याउने र लैजाने काम गर्ने चालक र सहचालकहरुलाई अनुसान लगायतका विषय केन्द्रीत सहजिकरण कार्यक्रम सञ्चालन गरिएको समेत वताए ।
चालक तथा सहचालकहरुका लागि आयोजित सचेतना कार्यक्रममा १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक श्यामकुमार महतोले सहजिकरण गरेका थिए । कार्यक्रममा हिसान सुनसरीका बरिष्ठ उपाध्यक्ष गणेश दुलाल , हिसान सुनसरी सल्लाहकार केशव खड्का लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।




















