धनकुटा । निजामती आवासिय विद्यालय धनकुटाले  विद्यार्थीहरुलाई  प्रत्यक्ष रुपमा सहभागी गराइ खाना महोत्सव सम्पन्न गरेको छ ।  विद्यार्थीहरुको व्यवहारिक सीपको विकास गर्ने, समूहमा काम गर्ने तौर तरिका, बजार गई सामान किनमेल गर्ने तरिका तथा त्यसलाई भोलिका दिनमा आफ्नो व्यवहारमा लागू गर्न शहज होस भन्ने  उद्देश्यले खाना महोत्सवको आयोजना गरिएको  निजामति आवासिय विध्यालयका प्रधानाध्यापक सुरेश काफ्लेले जानकारी दिनुभयो ।329036688_2255517344637743_1243107453522650513_n दश वटा स्टल रहेको उक्त महोत्सवमा विध्यार्थीहरूले बेग्लाबेग्लै खानाको परिकार तयार गरेका थिए भने उक्त परिकार अभिभावक शिक्षक लगायतलाई बिक्रि गरिएको थियो । 329122317_1012148639744398_2150078508813344120_n

 सोहि अवसर पारेर दोश्रो त्रैमासिक परिक्षाको नतिजा प्रकाशन तथा अभिभावक भेला सम्पन्न गरिएको छ । अभिभावकहरुलाई विद्यार्थीहरुले नृत्य प्रस्तुत गरी मनोरञ्जन समेत प्रदान गराएका थिए ।