इटहरी । जेष्ठनागरिकहरुको  स्याहार गर्ने विषय केन्द्रीत आश्रम सञ्चालक व्यस्थापक तथा जेष्ठनागरिकका क्षेत्रका काम गर्ने संघसंस्थामा आवद्धहरुका लागि सञ्चालित १ नम्बर प्रदेश स्तरिय तालिम समापन भएको छ ।

   राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको संयुक्त आयोजनामा १ नम्बर प्रदेश स्तरिय तालिम समापन भएको हो ।

    १ नम्वर प्रदेशमा रहेका  वृद्ध आश्रममा आबद्ध लगायत  ४० जनाको सहभागिता रहेको तीन दिने तालिम समापन कार्यक्रम राष्ट्रिय जेष्ठनागरिक महासंघका अध्यक्ष छत्र प्रधानको अध्यक्षतामा भएको थियो ।WhatsApp Image 2023-02-04 at 18.06.57

 राष्ट्रिय जेष्ठनागरिक महासंघ सुनसरीका सचिव डिल्लीराम दाहालले तीन दिने स्याहारकर्ताहरुको तालिमले जेष्ठनागरिकहरुको कसरी स्याहार गर्ने भन्ने विषयमा जानकारी पाएको तथा गाउँघरमा पनि जेष्ठनागरिकहरुलाई उचित रुपमा स्याहार गर्ने विषयमा सहजिकरण गर्न मद्धत पुर्याउने विश्वास व्यक्त गरे ।

तालिममा सहभागी रामजानकी शान्ति वृद्धाश्रमकी सचिव रेणुका ओझाले तालिमले जेष्ठनागरिकहरुलाई स्याहार गर्ने विषयमा अझ सहज भएको वताउदै तालिम प्रभावकारी भएको वताइन ।WhatsApp Image 2023-02-04 at 18.06.58

तीन दिन सम्म सञ्चालन गरिएको तालिममा  ज्येष्ठ नागरिकको अवस्था , प्रभावकारी रुपमा गर्ने स्याहार ,योग ,मनोरञ्जन लगायतका विषयमा  शारदा चन्द, वासुदेव पण्डीत लगायतले सहजिकरण गरेका थिए। समापन कार्यक्रममा महासंघका केन्द्रीत सदस्य सुर्यप्रसाद श्रेष्ठ ,जगदिस प्रसाद ओली लगायतका अतिथीहरुले सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।