इटहरी । तरहरा उज्यालो भन्ने नाराका साथ तरहरा क्षेत्रमा रहेका विभिन्न मठ मन्दिर, र स्कुल, कलेज लगाएतका क्षेत्रलाइ बत्ती तथा अपाङ्गता भएका लाई कपडा हस्तान्तरण गरीएको छ । सार्वजनिक क्षेत्रलाइ उज्यालो बनाउने उदेश्यले प्रगतिशिल फड्को अभियानद्धारा इटहरी २० तरहरा क्षेत्रमा रहेका सार्वजनिक स्थान मठ मन्दिर, र स्कुल, कलेजमा बत्ती तथा अपाङगता भएकाहरुलाइ कपडा हस्तान्तरण गरिएको हो ।

संस्थाले तरहरा स्थित जनसहयोग स्कुल र कलेजलाइ  ३५ सय रुपैया बराबरको एक एक थान सेन्सर बत्ति हस्तान्तरण गरेको छ भने अपाङ्गता भएका चन्द्रराज धामिलाइ जाडोमा समस्या नहोस भन्ने उदेश्यले डसना,ब्लाङ्केट,तन्ना,तौल्या र म्याट यज्ञ खत्री दाहालको सहयोगमा हस्तान्तरण गरेको हो ।WhatsApp Image 2023-02-03 at 17.46.25 यस्तै सोहि क्षेत्रमा रहेका गुम्बा, मन्दिर, चर्च लगाएतलाइ बत्ति वितरण गरिएको प्रगतिशिल फड्को अभियानका संयोजक नविन गुरुङले जानकारी दिए । सो संस्थालाइ दिपेन गुरुङ, प्रकाश राइ र जगत बहादुर भट्टराइ लगाएतल ८ थान बत्तिहरु सहयोग गरेका थिए । प्रगतिशिल फड्को नामक सस्थांले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।