इटहरी । शारिरिक तथा मानसिक स्वास्थ्यलाई मध्यनजर गर्दै सुनसरीको इटहरीमा चार वर्ष देखि सञ्चालन हुदै आएको द व्यायामशालाले मसाज तथा थेरापी सहितको वेलनेश समेत सञ्चालनमा ल्याएको छ ।

 द व्यायामशाला वेलनेशको इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले एक कार्यक्रमका विच उद्घाटन गरे ।

   विगत चार वर्ष देखि इटहरीमा सुविधा सम्पन्न द व्यायामशाला सञ्चालन गर्दै आएकी ममता प्रसाईले सेवा विस्तार गर्दै सोना, स्ट्रीम ,स्पा ,मसाज थेरापी लगायतको सेवा दिने गरी द व्यायामशाला वेलनेश सञ्चालनमा ल्याएको सञ्चालिका ममता प्रसाईले जानकारी दिइन ।WhatsApp Image 2023-02-01 at 17.06.15 (1)

द व्यायामशाला वेलनेशको उदघटन गर्दै प्रमुख अतिथी पौडेलले शारिरिक तथा मानसिक रुपमा स्वस्थय मानिसले समाजको सवल र सक्षम नेतृत्व गर्न सक्छन भन्दै  आफुले यो सेन्टरले मानिसलाई स्वस्थ्य राख्न मद्धत गर्ने विश्वास लिएको समेत वताए ।WhatsApp Image 2023-02-01 at 17.06.13

द व्यायामशालाले पुर्वी नेपालका मानिसहरुलाई सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाइएको छ । उदघाटन कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेल,६का वडाध्यक्ष जितेन थापा  लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।