इटहरी ।   राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालका केन्द्रिय उपाध्यक्ष ओमराज लिम्बूको संयोजकत्वोमा भएको राष्ट्रिय आयुर्वेद एशोसिएसन 

नेपालको प्रदेश नम्बर एक भेला सम्पन्न गएको छ  । 

    कार्यक्रम का प्रमुख अतिथी सुनसरी जिल्ला आयुर्वेद स्वास्थ केन्द्र इनरुवाका प्रमुख आयुर्वेद चिकित्सक डा. सन्जिब कुमार यादबले राष्ट्रिय आयुर्वेद एशोसिएसनको गतिबिधी देख्दा आयुर्वेद क्षेत्रको बिकाश र बिस्तारमा आशा पलाएको बताए । 

उहाले प्रदेशमा जुझारु र जागरिलो नेतृत्व चयन हुनुपर्ने आबस्यक्ता रहेको बताउदै कार्यक्रम सफलताको सुभकामना दिए ।

राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपालका सस्थापक अध्यक्ष जगत बहादुर भट्टराईले  प्रदेश नम्बर एकको प्रथम भेलामा बोल्दै आयुर्वेदका अन्य संस्थाका नेतृत्व ले राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल326677279_1299619424225601_8604697954617249829_nको कार्यक्रम मा उपस्थित हुन र संस्थाको सदस्य बन्न आयुर्वेद क्षेत्रका ब्याक्तित्व हरुलाइ रोक लाउने गरेको आरोप लगाए  । 

प्रदेश नम्बर एकको कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष भट्टराईले संस्थाको पदिए दुरुपयोग गरेर लाभ लिन पल्केका आयुर्वेदका केही ब्यक्ति हरु हाल राष्ट्रिय आयुर्वेदको गतिबिधी देखेर तर्सिन लागेको आरोप लाउनु भएको हो उनले एशोसिएसनमा लाग्नबाट एक जनालाई त छेक्छौ हज्जारौं जनालाइ कसरी छेक्छौ भन्दै प्रश्न गरेका थिए  । 

अध्यक्ष भट्टराईले रानले नेपालको राजधानी काठमाडौका नरदेबी क्षेत्रमा रहेका दर्जनौ आयुर्वेद ब्यबसायी माथी आयुर्वेदका केही थोक र उत्पादन कम्पनी हरुले विभेद गरेर अन्याय गरेको  बताउदै आन्यायका बिरुद्ध जस्तो सुकै मूल्य चुकाउन एशोसिएसन तयार रहेको बताए । 325847093_966186824766428_7306016778739127681_n

राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालको एक नम्बर प्रदेशको प्रथम भेलाबाट डा. सुरेन्द्र कुमार यादवको नेतृत्वमा नयाँ कार्यसमिती  निर्विरोध चयन भएको छ । 

त्यसैगरी उपाध्यक्षमा . डा. देबि कुमार गौतम,महिला उपाध्यक्षमा गिता ढकाल ,सचिबमा .कौसल यादव ,कोषाध्यक्षमा हिरा देबि पौडेल,सदस्यहरुमा राधाकृष्ण राय , सुमन भट्टराई,रित नारायण चौधरी, तेज बहादुर कटुवाल, हेम चन्द्र राई, मोहन श्रेष्ठ, अर्विन्द कुमार मौरवेता चयन भएका छन् भने सल्लाहकारमा डा. इश्वर अधिकारी लाई चयन गरेको छ ।