इटहरी । विभिन्न कारणले सडक क्षेत्रमा वस्दै आएका मानिसहरुलाई उद्धार गरी आश्रय दिदै आएको माया घर नेपालमा आश्रितहरुको संरक्षणमा सहयोग पुगोस भन्ने उद्धेश्यले अक्सफोड इग्लिस सेकेण्डरी स्कुल दमकले सहयोग उपलव्ध गराएको छ ।
अक्सफोड इग्लिस सेकेण्डरी स्कुल दमकमा दिनको एक रुपैया संकलन अभियान सञ्चालन गर्दै आएका राजेन्द्र चापागाईको नेतृत्वमा स्कुलका शिक्षक ,शिक्षिका विद्यार्थीहरुबाट संकलित रकमबाट माया घरमा आश्रितहरु लाई सहयोग गरिएको हो ।
माया घरमा सो स्कुलका तर्फबाट खाद्यान्न सामाग्रीहरु खाना , खाजा , सागसब्जी सहित लताकपडा उपलव्ध गराइएको छ । सहयोग सामाग्रीहरु एक औपचारिक कार्यक्रमको आयोजना गरी माया घरलाई वुझाइयो ।
माया घरमा सडक क्षेत्रबाट उद्धार गरिएका सहित एक सय ३ जनाले हाल आश्रय लिइरहेका छन ।




















