धनकुटा । सुुरक्षित र समुन्नत भविष्यको लागि सहकारी, बसालौं बचत गर्ने बानी तपाई हामि सबै मिली भन्ने नाराका साथ धनकुटा महिला बचत तथा ऋण सहकारी संस्था लि.को १० औ साधारण सभा सम्पन्न भएको छ ।
शुक्रबार सम्पन्न उक्त सभाले संस्थाको अध्यक्षमा पुन ः तारा तितुङ्गलाई चयन गरेको छ ।
प्रदेश नं १ का प्रदेश सदस्य ईन्द्रमणी पराजुलीले उद्घाटन गर्नु भएको उक्त साधारण सभाको बन्दशत्रले तारा तितुङ्गको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा वेनी कुमारी खड्का, सचिवमा निर्मला राई श्रेष्ठ, कोषाध्यक्षमा विष्णु माया कन्दङवा, सदस्यहरुमा पूर्ण माया राई, दुर्गा श्रेष्ठ र जिमि ल्वागुन रहनु भएको छ ।
खड्ग माया राईको संयोजकत्वमा तीनसदस्यीय ऋण समिती चयन गरेको छ जसमा सदस्यहरु वालिका तिम्सीना र मन्जु श्रेष्ठ रहनु भएको छ भने यस्तै लेखा समिति संयोजकमा सृजना श्रेष्ठ, सदस्यहरु प्रतिमा आचार्य, कमला मगर रहनु भएको छ । 
धनकुटा नगरपालिका वडा नं ६ मा २०६९ सालमा स्थापना गरिएको यस संस्थाले समाजमा बिभिन्न परोपकारका साथै महिला दिदिबहिनिहरुको क्षमता अभिबृद्धिलगायतका काममा अग्रता लिदै आएको छ ।
संस्थाकी अध्यक्ष तितुङले प्रस्तुत गर्नुभएको संस्थाको वार्षिक प्रगति प्रतिवेदनमा आर्थिक वर्ष ०७८÷०७९ मा १७ लाख ५ हजार तिन सय १५ रुपैयाँ शेयर पुजिँ तथा २ करोड १३ लाख ३ हजार ४८६ बचत तथा निक्षेप संकलनका साथै १ करोड २८ लाख ३१ हजार लगानी रहेको उल्लेख छ ।
सहकारीले यस आर्थिक वर्ष २०७८÷०७९ मा २ करोड १८ लाख ४१ हजार ७७ रुपैयाँ ८९ पैसा बराबरको कुल कारोबार गरेको कोषाध्यक्ष विष्णु माया कन्दङवाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमा उल्लेख छ । 
सोहि अवसरमा सहकारीका उत्कृष्ट सेयर धनी, बचत कर्ता, ऋणीलाई पुरस्कार सहित सम्मान गरेको थियो । सम्मानित हुनेमा बालकृष्ण तितुङ, नेत्रकुमारी तामाङ्ग र बबिता राई रहनु भएको छ । प्रदेश सभा सदस्य ईन्द्रमणि पराजुलीको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष तारा तितुङ्गको अध्यक्षतामा सम्पन्न सभाको अवसर पारेर धनकुटा बजार निवासी क्यान्सर पिडित राम बहादुर तामाङको उपचारका लागि ८ हजार ७ सय रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
विकास र संमृद्धि जादुको छडि जस्तो नभएको उल्लेख गर्दै यस संस्थाका महिला दिदिवहिनिहरुले गरेको काम नमुना रहेकाले सबैले अवलम्बन गर्दै जानु पर्ने बताउदै समाजमा पछि परेका महिला दिदिवहिनि, नागरिकहरुलाई यस संस्थामा आवद्ध रहेर रोजगारी, उद्यमशिलतालगायतका काम तर्फ अगाडि बढ्न र संस्थालाई अगाडि बढाउन प्रबृधि मैत्रि हुनु पर्ने प्रमुख अतिथि प्रदेश सभा सदस्य ईन्द्रमणी पराजुलीले जानकारी दिनुभयो ।
जिल्लामा रहेका ३३५ वटा सहकारी संस्थाहरु मध्ये ४२ वटा सहकारीमा महिला मात्रको नेतृत्व रहेको बताउदै जिल्ला सहकारी संघका अध्यक्ष खगेन्द्र सुवेदिले धनकुटा महिला बचत तथा श्रृण सहकारी संस्थाको अनुकरण अन्य सहकारीले गर्नु आवश्यक रहेको जानकारी दिनुभयो ।




















