इटहरी । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज अन्तरगत प्रदेश नम्बर १का जिल्ला तथा प्रदेश समितिका निर्वाचित पदाधिकारीहरुलाई एक कार्यक्रमका विच सम्मान गरिएको छ ।
नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज प्रदेश नम्बर १ ले इटहरीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी नव निर्वाचित पदाधिकारीहरुलाई सम्मान सहिति अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
आयुर्वेद सम्वन्धी विषय केन्द्रित आयुर्वेद व्यवसायी ,नेपाल आयुर्वेद स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको अन्तरक्रिया कार्यक्रमको अध्यक्षता नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज प्रदेश नम्बर १का अध्यक्ष बैजनाथ साहको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा नेपाल आयुर्वेद व्यवसायी संघका केन्द्रीय अध्यक्ष जगंराज गिरी , प्रदेश नम्बर १का अध्यक्ष जीपी तिवारी , नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका केन्द्रीय सदस्य टेकनाथ अर्याल ,नेपाल आयुर्वेद स्वास्थ्यकर्मी संघका निर्वतमान केन्द्रीय सदस्य तरुण यादव लगायतको कार्यक्रममा सहभागिता रहेको नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज प्रदेश नम्बर १का सचिव महेश थापाले जानकारी दिए ।
पछिल्लो समयमा आयुर्वेद उपचार पद्धती प्रति मानिसहरुको आर्कषण वढी रहेको छ भने आयुर्वेद व्यवसाय ,आयुर्वेद औषधालयहरु समेत खुल्ने क्रम समेत वढी रहेका छन ।




















