इटहरी । जाडोको समयमा न्यानो कपडा नहुँदा अध्ययनका लागि बालबालिकाहरु शैक्षिक संस्थाहरुमा समेत जान नसक्ने तर्फ मध्यनजर गर्दै सुनसरीको इटहरीमा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
इटहरी उपमहानगरपालिका वडा नम्बर ३ खोर्सानेखापमा रहेको प्रगती बाल विकास केन्द्रमा अध्ययनरत वालवालिकाहरुलाई नेपाल रेडक्रस सोसाइटीका सभापति बिमल पौडलेका नाती श्रीयान पौडेलको जन्मदिनको अवसरमा २९ जना बालबालिकाहरु लाई स्वीटर,टोपी साथै नेपाल रेडक्रस अंकित कापी वितरण गरिएको हो ।
जाडो वढी रहेको समयमा बालवालिकाहरुलाई जाडोबाट वचाउन न्यानो कपडा वितरण गर्ने लक्ष्य सहित स्वीटर र उनीको टोपी वालवालिकालाई वितरण गरेका हुन । सो वाल विकासमा अध्ययनरत बालबालिकालाई स्वीटर तथा प्रति विद्यार्थीहरुका लागी प्रगती वाल विकासका अध्यक्ष होम कुमार श्रेष्ठ र प्राध्यापक सरिता राईलाई हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटीका सचिव संजिव ढुंगानाले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी इटहरीले विगतका वर्षहरुमा पनि जाडोको समयमा वालवालिकाहरुलाई न्यानो कपडा वितरण गर्दै आएको छ ।




















