इटहरी । अव्यवस्थित रुपमा सहरलाई नै कुरुप वनाउने गरी लत्रिएका तारलाई व्यवस्थित गर्ने कार्यमा सेवा प्रदायकहरुकै सहभागितामा सुनसरीको इटहरीमा व्यवस्थित वनाउने काम सुरु भएको छ ।
प्रदेस नम्बर १ को एक विकसित सहर इटहरीमा विद्युत , टेलिफोन , इन्टरनेट , केवल टिभि लगायतका तार जडित सेवाप्रदायकले अव्यवस्थित रुपमा छोडेका तारहरुलाई व्यवस्थित वनाउने कार्य इटहरी उपमहानगरपालिका वडा नम्बर ६ले सुरु गरेको हो ।
इटहरीको मुख्य चोक तथा बजार क्षेत्रमा पर्ने वडा नम्बर ६मा तारका माध्यमबाट सेवा प्रवाह गर्ने सेवाप्रदायक तार व्यवस्थित नगरेका कारण नगरलाई कुरुप वनाएको तथा यदाकता हुने दुर्घटनालाई मध्यनजर गर्दै व्यवस्थित गर्ने कार्य सुरु गरेको इटहरी उपमहानगरपालिका वडाध्यक्ष दिवस पोखरेल वताउछन । उनले सेवा प्रदायकहरुसंग छलफल गरेर तार व्यवस्थित वनाउने कार्यलाई निरन्तरता दिदै आएको समेत जानकारी दिए ।
तार मार्फत सेवा दिदै आएका सरकारी तथा गैरसरकारी क्षेत्रले जथाभावी रुपमा टाँगेका तारका कारण शहरलाई कुरुप बनाउने काम मात्र गरेका छैनन , कहिले कहाँ तारको लोड थेग्न नसकेर पोल लड्दा दुर्घटना समेत हुने गरेको छ । त्यसै गरी धेरै तार भएको ठाउँमा आगो लागेर जोखिम हुने तथा तार लत्रिएको ठाउँमा गाडीले चुटाउने र मानिसहरु अल्झने लगायतका समस्याहरु समेत हुँदै आएका थिए । त्यसैलाई मध्यनजग गर्दै वडाले सुरु गरेको तार व्यवस्थापन गर्ने कार्यमा सेवा प्रदायकहरुको समेत सहभागी रहेको पशुपति केवलका सञ्चालक मुकुन्द भट्टराई वताउछन । 
उनले नगरको सुन्दरता विग्रार्ने गरी अव्यवस्थित तारहरु व्यवस्थित वनाउने कार्यमा आफुहरुको समेत सहयोग रहने समेत बताए ।
विभिन्न सेवा प्रदायकहरुको तार एउटै पोलमा टाँगिएका तथा अव्यवस्थित भएको कारण सरहलाई कुरुप वनाउने कार्य साथै दुर्घटना समेत हुदै आएको थियो । तार व्यवस्थित गर्ने कार्यले सफा र सुन्दर देखिन थालेका स्थानीय व्यवसायी प्रकास महतो वताउछन । उनले वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेलको नेतृत्वलाई तार व्यवस्थित गर्ने देखि लिएर नगर सफाइृका विभिन्न कार्य गर्दै आएको र अन्य वडाहरुमा पनि यस प्रकारको काम हुनु पर्नेमा जोड दिए ।
खास गरी मानिसहरुको चाप बढी भएको ठाउँमा विद्युत, टेलिफोन, केवल टिभि, इन्टरनेट बढी प्रयोग हुने गरेकोले पनि गा्रमिण क्षेत्रको तुलनामा शहरी क्षेत्रमा यस्ता तारहरु बढी प्रयोग हुने गर्दछन । इटहरीमा धेरै जसो नेपाल विद्युत प्राधिकरणका पोलहरुमा अन्य सेवाप्रदायक कम्पनीहरुको तार समेत जथाभावी रुपमा माकुाराको जालो जस्तो गरी टाँगेको देखिन्छन ।




















