इटहरी । नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै विगतका वर्ष झै सुनसरीको  इटहरीमा भव्य रुपमा आगामी २७ गते पृथ्वी जयन्ती मनाइने भएको छ ।

   इटहरीमा २०६९साल देखि नागरिक स्तरबाट पुस २७ गते विगतका वर्ष झै यस वर्ष पनि सुनसरीको इटहरीमा भव्यताका साथ राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाइने भएको हो ।

  भेषजा काफ्लेको संयोजकत्वमा राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मुल समारोह समिति वनाएर पृथ्वी जयन्ती मनाउने तयारी सुरु गरिएको छ । इटहरीमा विगत दश वर्ष देखि पृथ्वी जयन्ती पृथ्वी नारायण शाहको योगदानको चर्चा र स्मरण गर्दै मनाउने गरिएझै यस वर्ष पनि मनाउन लागिएको संयोजक काफ्लेले जानकारी दिइन । उनले नेपाल एकीकरणकता पृथ्वी नारायण शाहको योगदानको कदर गर्दै पृथ्वी जयन्तीमा विदा दिनु पर्ने माग सहित आफुहरुले पृथ्वी जयन्ती मनाउन लागेको समेत वताइन ।

 विगत देखि नै इटहरीमा पृथ्वी नारायण शाहको योगदानका विषयमा चर्चा गर्ने गरिए झै यस वर्ष संस्कृति विद डा.धनवहादुर कुवरलाई प्रमुख वक्ताका रुपमा आमन्तत्रण गरिएको समेत जनाइएको छ । पृथ्वी जयन्तीका दिन र्याली , झाँकी तथा सांस्कृतिक कार्यक्रम सहित पृथ्वी नारायण शाहको योगदानका विषयमा चर्चा गरिनेछ ।

..........................................................