इटहरी । जाडोको समयमा न्यानो कपडा नहुँदा अध्ययनका लागि बालबालिकाहरु शैक्षिक संस्थाहरुमा समेत जान नसक्ने तर्फ मध्यनजर गर्दै सुनसरीको इटहरीमा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

  इटहरी उपमहानगरपालिका वडा नम्बर ३ सुनौलो टोलमा रहेको बाल विकास केन्द्रमा अध्ययनरत वालवालिकाहरुलाई नेपाल रेडक्रस सोसाइटी र स्वर्गीय हेमप्रसाद भट्टराईका छोरा रेडक्रसका आजीवन सदस्य गंगा भट्टराईको संयुक्त आयाृजनामा स्वीटर वितरण  गरिएको हो ।

   जाडो वढी रहेको समयमा बालवालिकाहरुलाई जाडोबाट वचाउन न्यानो कपडा वितरण गर्ने लक्ष्य सहित रेडक्रस इटहरीका अध्यक्ष विमल पौडेल र आजीवन सदस्य गंगा भट्टराईले ३३ थान स्वीटर वालवालिकालाई वितरण गरेका हुन ।IMG_20230104_122800 सो वाल विकासमा अध्ययनरत बालबालिकालाई स्वीटर तथा प्रति विद्यार्थीहरुका लागी नेपाल रेडक्रस अंकित कापी वाल विकासकी शिक्षिका रेणुका लकान्द्रे लिम्बुलाई हस्तान्तरण गरियो ।

  नेपाल रेडक्रस सोसाइटी इटहरीले विगतका वर्षहरुमा पनि जाडोको समयमा वालवालिकाहरुलाई न्यानो कपडा वितरण गर्ने गरेको थियो । यस वर्ष पनि अन्य ठाँउमा पनि बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिने सो अवसरमा जानकारी गराइएको थियो ।