इटहरी । प्रत्येक वर्ष झै यस वर्षपनी लैङगिक हिंसा न्युनिकरणमा जोड दिदै लैङगिक हिंसा बिरुद्धको १६ दिवसिय अभियान इटहरीमा सुरु भएको छ ।
सन १९ सय ८१ देखी सञ्चालनमा रहेको यस अभियान प्रत्येक वर्ष नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म सञ्चालन हुदै आएको छ ।
सोही अन्तरगत देसव्यापी रुपमा शुक्रवार विभिन्न कार्यक्रम गरी लौङगिक हिंसा बिरुद्धको १६ दिने अभियान उद्घाटन गरिएको छ ।
इटहरी उपमहानगरपालीकाले पनी अन्य संघ संस्थासँगको समन्वयमा प्रभातफेरी गरी लैङगिक हिंसा बिरुद्धको १६ दिने अभियानको उद्घाटन गरेको हो ।
इटहरी उपमहानगरपालीकाकी सामाजिक बिकास महासाखा प्रमुख भोजकला दवाडीकोे अध्यक्षतामा भएको भएको कार्यक्रममा महिला तथा बालबालिका लगायतको हक अधिकारको क्षेत्रमा कार्य गर्दैआएका संघसंस्थाहरुका प्रतीनीधीहरुको सहभागीता रहेको थियो । 
कार्यक्रममा सहभागी वक्ताहरुले देशभरी लैङगीक हिंसाका घटनाहरु बढीरहेको समयमा तिनको न्युनिकरणका लागी राज्यस्तरबाटै थप पहलको आश्वस्यकता रहेको बताएका थिए । इटहरी उपमहानगरपालीकाकी उपप्रमुख संगीता चौधरीले यस कार्यक्रम कार्यक्रम मात्र नभइ लक्षित वर्गले प्रत्याभुती हुने किसीमको अभियान भएको बताएकी छिन । उनले अबका ककार्यक्रमको स्थान परिवर्तन साथै इटहरीका २० वटै वडामा कार्यक्रम सञ्चालन गर्न सुझाव दिएकी थिइन ।
लैङगिक हिंसा बिरुद्ध सञ्चालन गरिने बिभिन्न कार्यक्रम अन्तरगत यस अभियान पनी एक प्रभावकारी कार्यक्रम रहेको इटहरी उपमहानगरपालीकाकी सामाजिक बिकास महासाखा प्रमुख भोजकला दवाडीले जानकारी दिइन ।
यस्तै कार्यक्रममा आबद्ध संस्थाहरु माइती नेपाल,सक्रिय महिला नेपाल,श्रमिक महिला साझा मञ्च,समुदाय प्रहरी साझेदारी,मातृशिशु बचाउ तथा महिला चेतना केन्द्र,दिदी बहिनी समुह लगायतका समाजीक संघ संस्थाको आयोजनामा लैङगीक हिंसा न्युनिकरण सँग सम्बन्धित बिभिन्न कार्यक्रमहरु यस लैङगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत तय गरिएको जनाइएको छ ।




















