इटहरी ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस सेटिगंमा धरौटी वुझाएर छुटेको मान्छेलाई उमेदवार वनाउने पार्टी भएको आरोप लगाएका छन ।

 सुनसरीको क्षेत्र नम्बर ३मा पर्ने दुहवीमा चुनावी सभालाई सम्वोधन गर्दै नेपाली काँग्रेसका तर्फबाट उमेदवार रहेका विजयकुमार गच्छदारलाई सेटिगंबाट धरौटीमा छुटेको आरोप लगाएका हुन । ओलीले भगवती चौधरीलाई धाँधली गरि हराउदै आएको समेत आरोप लगाए ।WhatsApp Image 2022-11-16 at 18.51.43

सुनसरीको क्षेत्र नम्बर ३मा नेकपा एमालेका तर्फबाट भगवती चौधरी र नेपाली काँग्रेसको तर्फबाट विजयकुमार गच्छदार सहित उमेदवारहरु प्रतिनिधिसभा सदस्यका लागि उमेदवार रहेका छन । यस अघिका दुईटा निर्वाचनमा पनि गच्छदारले चौधरीलाई पराजीत गरेका थिए । WhatsApp Image 2022-11-16 at 18.51.43 (2)पुर्व प्रधान मन्त्री समेत रहेका ओलीले सुनसरीको क्षेत्र नम्बर ४को चुनावी सभालाई समेत आजै सम्वोधन गरेका छन ।