धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को तयारी सम्बन्धमा संचारकर्मीहरूसँगको अन्तरक्रिया सम्पन्न गरेको छ ।
अपाङ्गता, सुत्केरी, अशक्त, गर्भवती, होचालगायतका मतदाताहरूलाई मध्यनजर गर्दै यसपटकको निर्वाचनमा मतपेटिका रखाईलाई सहज वनाईएको प्रमुख निर्वाचन अधिकृतको भनाई छ ।
उक्त कार्यक्रममा संचारकर्मीहरूसँगको अपेक्षा, प्रशासनिक संयन्त्रको तयारीबारे जानकारी, निर्वाचन बिशेष शुरक्षा योजना तर्जुमा र कार्यान्वयन, मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायतका एकहजार ३०४ जना कर्मचारीको खटनपटन, तालिम, नेपाली सेना नेपाल प्रहरी शसस्त्र प्रहरी वल राष्ट्रिय अनुसन्धान सहित दुईहजार ४९८ सुरक्षाकर्मी परिचालन गरिएको लगायतका विषयमा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा बोल्नुहुदै सकेसम्म चाडो, विना भेदभाव सबै संचारकर्मीहरुलाई समान रुपमा आवश्यक सुचना उपलब्ध गराईदिने मुख्य निर्वाचन अधिकृत योगेन्द्र प्रसाद शाहले प्रतिबद्धता जनाउनु भयो । उहाँले निर्वाचन सम्पन्न गराउन सबै निकायको महत्वपुर्ण भुमिका रहने बताउदै आ आफ्नो ठाउँबाट नियमको पालना गर्दै निर्वाचनलाई सफल बनाउन प्रतिबद्ध रहन आग्रह गर्नू भयो ।
सोहि क्रममा बोल्नुहुदै भिमदल गण सल्लेरीका गणपति प्रमुख सेनानी सुमन थापाले निर्वाचन गतिविधिलाई भयरहित बनाउन निर्वाचन विरोधीहरुले त्रासपुर्ण तरिकाले गरेका क्रियाकलापहरुलाई यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नुका साथै कुनै नराम्रो गतिविधि गर्न र गरेको थाहा पाएमा नजिकैमा रहेका शुरक्षाकर्मीहरुलाई जानकारी दिएमा तत्कालै समस्या समाधान गर्न सकिने शुरक्षा ब्यावस्था मिलाइएको बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको अध्यक्षता एवं मुख्य निर्वाचन अधिकृत योगेन्द्र प्रसाद शाहको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अनुसन्धान अधिकृत तुलसी कट्टेल, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख लक्ष्मिराज अधिकारी, शसस्त्र प्रहरी उपरीक्षक दिपकराज वलामि, भिमदल गण सल्लेरीका गणपति प्रमुख सेनानी सुमन थापा, जिल्ला निर्वाचन अधिकारी जयराम श्रेष्ठ, राष्ट्रिय मानव अधिकारकर्मी, जिल्ला स्थित पत्रकारलगायतको उपस्थिति रहेको थियो ।




















