इटहरी । आसन्न मंसिर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रचार प्रसार गर्ने समय नजिकीदै गर्दा राजनैतीक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई अझ तिब्रता दिइरहेका छन ।
आफ्ना सुभचिन्तक,कार्यकर्ता,सहयोगीहरु साथ लिएर चुनावी प्रचारप्रसारमा हिडीरहेका उम्मेदवारहरु गाउँगाउँमा प्रसस्त भेटीन्छन ।
तर पछिल्लो समय एक्लै चुनावी प्रसार प्रसारमा हिड्ने उम्मेदवारहरु पनी भेटिन थालेका छन । 
तिनै मध्ये एक हुन सुनसरी क्षेत्र नम्बर २ का लागी प्रत्यक्ष तर्फ उम्मेदवार विवेकशील साझा पार्टीका उम्मेदवार बिजय कुमार बस्नेत ।
यतीखेर उनी उनी एक्लै मतदाताहरुसँग मत माग्न घरदैलोमा व्यस्त छन । 
निःशुल्क शिक्षा,स्वास्थ्य,रोजगाार,एक वडा एक प्राविधीक शिक्षालय, लगाायतका एजेण्डा लिएर उनी चुनावी मैदानमा छन ।
सुनसरी क्षेत्र नम्बर २ मा प्रतिनिधी सभा तर्फ २७ जनाको उम्मेदवारी रहेको छ । 




















