दमक । निर्वाचनको मिति जतिजति नजिकी रहेको छ त्यती त्यती नै राजनितिक दल तथा उमेदवारहरु चुनावी प्रचारप्रसारमा व्यस्त रहेका छन ।

यही क्रममा पुर्व प्रधानमन्त्री समेत रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उमेदवार रहेको झापा क्षेत्र नम्बर ५मा एमाले नेतृत्वको गठवन्धनले चुनाव प्रचारप्रसारलाई तिव्रता दिएको छ ।

झापा क्षेत्र नम्बर ५मा एमाले गठवन्धनमा रहेका दलहरु मतदाताहरुसंग विभिन्न चुनावी एजेण्डाहरु सहित पुगिरहेका हुन । एमाले गठवन्धनमा रहेका दलहरुका उमेदवारहरु मतदाताहरुसंग आफनो पार्टीको चुनावी एजेण्डा सहित मतदाताको घरदैलोमा पुगिरहेका छन ।314922781_1195015771134305_4111849590846237325_n यही क्रममा एमाले गठवन्धनबाट प्रदेशसभा सदस्यमा समानुपातिक उमेदवार रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयप्रसाद बराल पनि आफना चुनावी एजेण्डा सहित मतदाताको घरदैलोमा पुगिरेहका छन ।

बराल आफुले विगतमा   सामाजीक, आर्थिक, सांस्कृतिक र राजनैतीक लगायतका क्षेत्रमा पुरयाएको योगदानको मुल्याँकन गर्दै आफनो पार्टीलाई मतदान गर्न आग्रह गरिरहेका छन ।315098234_1411612159368227_7950532662467660962_n  यस्तै नेकपा एमालेका प्रदेश सभा सदस्य उम्मेदवार होमप्रसाद थापाले सो क्षेत्रमा अधुरा रहेका काम पुर्ण गर्ने साथै अन्यउ बीकासका गतीवीधी सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । 

 यता  एमालेका निर्मला सिवाकोटी पाठक, रिता बस्नेत श्रेष्ठ पनि मतदाताहरुसंग मत माग्न  घरदैलोमा  पुगिरहेका उनीहरुले पनि पार्टीको एजेण्डा जानकारी गराउदै मतदाताहरुको मन जित्ने प्रयन्त गरिरहेका छन । 314702429_672464184265538_3222248355144219615_n

संयुक्त रुपमा मतदाताको घरदैलोमा पुगी रहेका एमाले गठवन्धनका उमेदवारहरुले प्रतिनिधिसभा तर्फ प्रत्यक्षमा केपी शर्मा ओली लाई र समानुपातिक तर्फ आफनो पार्टीलाई मत माग्दै आएका छन 315180611_465537538900028_1619435673014405763_n