इटहरी । सामाजिक कार्यमा इटहरी तथा आसपासका क्षेत्रहरुमा महत्वपुर्ण योगदान पुर्याउदै आएका इटहरीमा रहेका तीन वटा लायन्स क्लवहरुको पदस्थापना संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ ।
लायन्स क्लवका डिष्ट्रिक गर्भनर धिरज गुरुगंको प्रमुख आतिथ्यमा भएको संयुक्त पदस्थापना कार्यक्रममा लायन्स क्लव अफ इटहरी क्रियटिभ लेडी, लायन्स क्लव अफ इटहरी मनकामना , लायन्स क्लव अफ इटहरी सिटी र लियो क्लव अफ सिटीको वर्ष २०२२ ÷०२३को नयाँ कार्य समितिको पदस्थापना सम्पन्न गरिएको हो ।
लायन्स क्लव अफ इटहरी क्रिएटिभ लेडीकी अध्यक्ष अध्यक्ष निता शर्माले वर्ष २०२२÷०२३की अध्यक्ष रक्षा काफ्लेलाई , लायन्स क्लव अफ इटहरी मनकामनाकी अध्यक्ष निर्मला अधिकारी बस्नेतले वर्ष २०२२÷०२३का अध्यक्ष भुपराज पुरीलाई र लायन्स क्लव अफ इटहरी सिटीकी अध्यक्ष गायत्री कटुवालले वर्ष २०२२÷०२३की अध्यक्ष शुशिला ढकाललाई पदभार हस्तान्तरण गरिन ।
पदस्थापना कार्यक्रममा लायन्स क्लवका पुर्व गर्भनर रेवतवहादुर कार्की , नरनाथ सापकोटा लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।




















