इटहरी । सुनसरीको इटहरीमा रहेको एकआपस बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले एक औपचारिक कार्यक्रमको आयोजना गरी १८औं वार्षिक साधारण सभा सम्मन्न गरेको छ ।

   एकआपस बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष मन बहादुर विक दिनेशको अध्यक्षता तथा सोही संस्थाका पुर्व अध्यक्ष ज्ञानप्रसाद पौडेलको प्रमुख आतिथ्यमा १८औं बार्षिक साधारणसभा सम्पन्न भएको हो ।

   वार्षिक साधारण सभामा अध्यक्ष विकले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदनमा यस वर्ष विगतको तुलनामा ३६प्रतिसतले खुद मुनाफामा आर्जन गर्न सफल भएको उल्लेख गरिएको छ ।WhatsApp Image 2022-11-12 at 16.05.12 (1) सो प्रतिवेदनमा संस्थाको खुद मुनाफामा ११लाख ९०हजार ५२ रुपैया पुगेको जनाइएको छ । त्यसै गरी संस्थाको शेयर पूँजि एक करोड ५६लाख ९ हजार ८ सय रुपैया पुगेको समेत अध्यक्षले विकले जानकारी गराए । कार्यक्रममा आर्थिक प्रतिवेदन पनि प्रस्तुत गरिएयो भने एसईई र स्नातक तहमा ए ग्रेड अंक ल्याई उत्तिर्ण हुने शेयर सदस्यका सन्ततीहरुलाई सम्मान गरियो । त्यसै गरी शेयर सदस्यका परिवारका ८० वर्ष पुरा गरेका जेष्ठ सदस्यहरुलाई समेत सम्मान गरियो ।

 वार्षिक साधारण सभामा संस्थाका पुर्व अध्यक्ष केशवकुमार विष्ट , चन्द्रप्रसाद भट्टराई लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।