झापा। आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको माहोल गाँउ देखि शहर सम्म तातिरहेको बेला झापामा भने बेग्लै रौनक छाएको छ । झापाको दमकबाट प्रदेश सभा सदस्य समानुपातीक तर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेद्वारी दिएका बिजय प्रसाद बरालको चर्चा चुलिदो छ ।
राजनीतिक संगै सामाजिक काममा पनि उत्तिकै कृियाशिल उम्मेद्वार बराल यतिबेला मतदाताहरूलार्इ आफ्नो पक्षमा बनाउन बिभिन्न बिकाशका एजेण्डा बोकी चुनाबी अभियानमा होमिएका छन ।
मतदाताहरू पनि बरालको उपस्थितीलार्इ लिएर निकै उत्साहित देखिएका छन ।
राजनीतिमा ५ दशक काटि सकेका बराल झापामा लोकप्रिय नेताको रूपमा चिनिन्छन । गाँउमा हुने बिभिन्न बिकाशका कामहरूमा निकै सकृियताका साथ लगानी गर्ने देखि आफै उपस्थिती भएर काम गर्ने बराललाइ त्यस क्षेत्रका मतदाताहरूले कुशल नेताको रूपमा मान्दै आएका छन । कसैको घरमा दुख परेको बेला सबैभन्दा अघाडी पुगेर मलम पनि उनै बरालले नै लगाइदिने गरेका छन । विभिन्न सामाजिक काम किन नहोस बराल सबैभन्दा छिटो पुग्ने गरेका छन । उनकै यस्तै गतिविधिकै कारण मतदाताहरू माझ निकै लोकप्रिय रहेका छन ।
समानुपातिक तर्फ प्रदेश सभामा उठेका बराल यतिबेला राप्रपाको चुनाव चिन्ह हलोमा भोट माग्न ब्यस्त देखिएका छन ।
मतदाताहरूको प्यारो रहेकोले यो चुनावमा बिजयी हुनेमा बिश्वस्त रहेको बराल बताउछन । 
बराललाइ नै भोट किन ?
१ ) तोपगाछि गाउँपालिका हालको कमल गाउँपालिकाको वडा नम्वर ७ पुर्व अध्यक्ष केराधापमा कन्चनजङ्घा विध्यालय निर्माण र सञ्चालन
२ ) दमक उध्योग वाणिज्य संघको सदस्य, कोयाध्यक्ष हुदै दुईबर्ष कार्यकाल अध्यक्ष समेतको भुमिका निर्वाह गरिसक्नु भएका । उध्योग वाणिज्य संघको भवन निर्माणका साथै सचिवालय सञ्चालन गरेको
३ ) दमक चिसापनी रवि सडक, फागुन्नद सडक निर्माणको अध्यक्ष रहि सो वाटोको सुभारम्भ गरेको
४ ं धेरै विध्यालयहरूको सञ्चालक समितिमा रहि विध्यालय भवन निर्माण गरि सञ्चालन भईरहेको ।
५ ) दमक क्याम्पसमा लेखा समितिमा रहि सेवा गर्दै आएको ।
६) ईलम प्रशिक्षण केन्द्रमा तालिम ल्याउन र सञ्चालन गर्न सिटिईभिटिईको सिप परीक्षण केन्द्र समेत ल्याउन र सञ्चालन गर्न सफल भएको
७ ) दमक ४ हाल दमक २ मा रहेको समाज सुधार प्रतिष्ठानको अध्यक्ष रहि संस्थाको भवन निर्माण गर्न सफल भएको ।
८ ) विभिन्न निकायको सहयोगमा दमकमा गुरूकुल शिक्षा सञ्चालन गर्न सफल
९ ) विभिन्न बाटाघाटो विकास निर्माण समिति रहि विकास निर्माणका काम गर्दै जनतालाई सेवा दिदै आएको ।
१० ) जन्ता सँग दैनिक सरोकारका विषयमा निर्सथ सेवा गर्दै आईरहेको ।
११ ) आगामि दिनमा पनि शान्ति रक्षाको लागिपहल गर्ने
१२ ) आफुलाई निर्वाचनमा जिताएमा सबै जिल्लामा जानेर जनताका समस्यााहरू पहिचान गरि सवैसित सल्ला परामर्श लिई काम गर्ने ।
१३ ) जनताको दुखमा साथ दिने ।
१४ ) जनताको दैनिक जिवनमा अपरिहार्य आवश्यकता पानी, बत्तिलगायतलाई पहिचान गरि सल्ला अनुसार कार्य गर्ने।
१५ ) भ्रष्टचार नगर्ने र गर्न पनि निदिने एक करणतब्य परायण सबै जिल्ला बासिको मन जित्न सफल एक समाजसेवि, मिलनसार र सहयोगि नेता विजय प्रसाद बराल ।




















