इटहरी । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको किवानीस क्लवको वान डे कार्यक्रम अन्तरगतका विभिन्न ठाउँमा कार्यक्रमहरु आयोजना गरिएको छ । सोही कार्यक्रम अन्तरगत किवानीस क्लव इटहरीले पनि रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

      बालबालिकाहरुको शारिरिक तथा मानसिक विकासका लागि काम गर्दै आएको  किवानीस क्लव इटहरीले बालबालिकाहरुको उपचारका लागि आवश्यक पर्न सक्ने रगत अभाव नहोस भनेर रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।IMG_20221022_083803

  किवानीस क्लव इटहरीकी उपाध्यक्ष मनिता तामागंले बालबालिकाहरुका उपचारका लागि रगत आवश्यक पर्ने अवस्था आएमा अभाव नहोस भनेर रक्तदान कार्यक्रमको आयोजना गरेको जानकारी गराइन ।

किवानीस क्लव इटहरीका पुर्व अध्यक्ष होमनाथ खड्काको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी इटहरीका  सभापती विमल पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न रक्तदान कार्यक्रममा २५ जना महिला पुरुषले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा नेपाल रेड्क्रस सोसाइटी रक्तसंचार केन्द्र धरानको प्राविधिक सहयोग रहेको थियो ।IMG_20221022_083918

रक्तदान कार्यक्रममा होप धरानका अध्यक्ष निश्चल पलिखे लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

 किवानीस क्लव इटहरीले बालबालिकाको शारिरिक तथा मानसिक विकासका लागि विभिन्न किसिमका सहयोगात्मक कार्यक्रमहरु समयसमयमा गर्दै आएको छ ।