इटहरी । थारु समुदायको आस्थाको धरोहर ग्रामथानको संरक्षण र उत्थानमा सहयोग पुर्याएको भन्दै सुनसरीका  दुई जना सञ्चारकर्मीहरुलाई सम्मान गरेको छ ।

  ग्रामथान संरक्षण समिति सुनसरीको पाँचौ बार्षिक साधारण सभाको अवसर पारेर सञ्चारकर्मीहरु सुमन पुरी र विवेक भट्टराईलाई सम्मान गरिएको हो ।

  इटहरी उपमहानगरपालिकाले थारुलाई नगरको प्रमथ जाति घोषणा गरेको भन्दै सोही अवसरमा उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेल र उपप्रमुख संगिता चौधरीलाई पनि सम्मान गरियो ।WhatsApp Image 2022-10-11 at 16.49.44

त्यसै गरी ग्रामथान संक्षण समिति सुनसरीका सल्लाहाकार पदम अधिकारी लगायतलाई  पनि सम्मान गरियो ।

  ग्रामथान संरक्षण समिति सुनसरीका अध्यक्ष तेजनारायण चौधरीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यमा भएको साधारण सभामा ग्रामथानको अवस्थाका विषयमा अध्यक्ष चौधरीले प्रतिवेदन प्रस्तुत गरेका थिए ।WhatsApp Image 2022-10-11 at 16.49.44 (1) कार्यक्रममा रामधुनी नगरपालिका प्रमुख शंकरलाल चौधरी इटहरी उपमहानगरपालिका उपप्रमुख संगिता चौधरी लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । कार्यक्रमका वक्ताहरुले ग्रामथान संरक्षणमा सबैको सहयोग हुनु पर्नेमा जोड दिएका थिए । WhatsApp Image 2022-10-11 at 16.49.43