धनकुटा  । बह्मकुमारी राजयोग सेवा केन्द्र धनकुटाले विजया दशमी, दिपावली ,छठ लगायतका चाडपर्वको अवसर पारेर फुलपातीको दिन चैतन्य झाकी प्रर्दशनीका साथमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

जिल्ला समन्वय समितिका उप प्रमुख सावित्रा राइको प्रमुख आतिथ्यता ंएव ंबह्माकुमारी राजयोग सेवा केन्द्र धनकुटाकी मुख्य सञ्चालिकां बह्माकुमारी निर्मला दिदीको अध्यक्षतामा चाडपर्व केन्द्रीत शुभकामना आदानप्रदान सहित चैतन्य झाकी प्रर्दशनी कार्यक्रमको आयोजना गरिएको हो ।WhatsApp Image 2022-10-02 at 12.32.28 (1)

कार्यक्रममा चैतन्य झाकी र कार्यक्रम आयोजनाका विषयमा कार्यक्रमकी अध्यक्ष निर्मला  दिदीले प्रकास पारेकी थिइन भने कार्यक्रममा जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारी, शसस्त्र प्रहरी वलका प्रहरी नायव उपरीक्षक दिपक वलामी, राष्ट्रिय अनुसन्धानका प्रमुख तुलसि कट्टेलगायतको उपस्थिति रहेको थियो ।