इटहरी । पुर्व पश्चिम राजमार्ग र कोशी राजमार्गको संगम स्थल इटहरीको विरेन्द्र चोक सौन्दर्यकरण गर्ने कार्य तिव्र गतिमा भई रहेको छ । भद्रकाली कला केन्द्रले दशैं अगाडि नै सौन्दर्यकरण गरी सक्ने लक्ष्य सहित दु्रत गतिमा काम गर्दै आएको हो । 

  इटहरी उपमहानगरपालिकाले विरेन्द्र चौकको सौन्र्दयकरणका लागि आह्वान गरेको कोटेशन अनुसार जिम्मेबारी पाएको भद्रकाली कला केन्द्रले दशैं अगाडि नै काम सक्यो लक्ष्य राखेको जनाएको छ । इतिहास नमेटिने गरी इटहरीको मुख्य चोक विरेन्द्र चोकलाई सौन्र्दयकरण गर्ने काम अन्तरगत हिमाल ,पहाड , तराई र इटहरीको प्रथम जाती थारु  चार जनाले इटहरी नामाकरणको प्रतिक इटा र हरिश बोकेको प्रतिमा राखिने  भद्रकाली कला केन्द्रका अभिषेक तिम्सीनाले जानकारी दिएका छन । 

इटहरीको मुख्य चोक सौन्दर्यकरण गर्दै कतिपयले पुर्व राजा विरेन्द्रको विगतमा शालिक रहेकाले पुन विरेन्द्रकै शालिक राखिनु पर्ने माग गर्दै आएका थिए भने कतिपयले इटहरीको पहिचान समेटीनु पर्ने माग राख्दै आएका थिए । अन्तत हिमाली क्षेत्रमा वसोवास गर्ने मानिस , पहाडी क्षेत्रमा वसोवास गर्ने मानिस ,तराई क्षेत्रमा बसोवास गर्ने मानिस र इटहरीको प्रथम जाति थारुले हातले उठाएको इटा र हरिसको प्रतिक रहने गरी काम गरिदै आएको  छ ।

इटहरीको मुख्य चोकको सौन्र्दयकरण गर्ने कामको जिम्मेवारी पाएको भद्रकाली कला केन्द्रका कलाकार तिम्सिनाले विभिन्न ठाउँमा पार्क , शालिक , प्रतिमा वनाउने कार्य गरिसकेका छन ।