रंगेली । आफुहरुको उत्पादनले बजार पाउन नसक्दा कृषि पेशा छोडेर विदेशीनु पर्ने अवस्था आएको मोरगंको रंगेली १ का किसानहरुले गुनासो गरेका छन । मिहिनेत अनुसार उत्पादन लिन सकिएपनि बजार व्यवस्थापन हुन नसक्दा कृषि पेशाको विकल्प खोज्नु पर्ने अवस्था आएको बंगुर पालक किसानहरुले गुनासो रहेको छ ।  राम्रो आम्दानीका लागि व्यवसायिक बंगुर पालन गर्न थालिएपनि बजार व्यवस्थापन हुन नसक्दा बंगुरहरु विक्री हुन छोडेपछि रंगेलीका किसानहरु चिन्तीत वन्न पुगेका हुन । मिहिनेत अनुसार उत्पादन राम्रो भएपनि बजारमा बगुंरको माग हुन छाडेपछि आफुहरु बगुंर पालन छोडङेर विदेशीनु पर्ने अवस्था आएको खालिङ बहुउद्धेश्य कृषि फर्मका सञ्चालक जोन राई वताउछन । 

सुरुका दिनमा बजारमा बंगुरको माग धेरै र मुल्यपनि राम्रो भएको भएपनि अहिले बजार अभावमा समस्या भएको गुनासो गरे ।

रंगेलीका बंगुर पालक किसानहरुले बजार व्यवस्थापनको समस्याका कारण मारमा परेको भन्दै राष्ट्रिय किसान आयोगमा निवेदन नै हाले । WhatsApp Image 2022-09-23 at 16.40.56

किसानहरुको गुनासो सहितको निवेदन आएपछि बंगुर पालक किसानहरुका समस्याका विषयमा जानकारी लिन आयोगकी सदस्य मञ्जु धिमालको नेतृत्वको टिम रंगेली आएर  अनुगमन र निरीक्षणका लागि रंगेली आएको आयोगको टिमले पनि बजार व्यवस्थापनको समस्याका कारण किसान पलायन हुने अवस्थामा पुगेका पाइएको आयोगकी सदस्य धिमालले वताइन ।

 उनले सरकारले बजार व्यवस्थापन गरिदिनु पर्ने आयोगको समेत माग रहेको र आयोगले किसानका कुरा सरकार समक्ष पुर्याउने समेत जानकारी दिइन ।

बजारमा बंगुरका माग हुन छोडेको र मुल्य समेत घटेपछि  किसानहरु सरकारले बजार व्यवस्थापन गरिनु पर्ने , मुल्य निर्धारण गरिनु पर्ने र दानामा अनुदान दिनु पर्ने माग गर्न थालेका छन । WhatsApp Image 2022-09-23 at 16.40.55

यता   अखिल नेपाल किसान महासंघ रंगेलीका नगर इञ्चार्ज विष्णु प्रसाद गौतमले बंगुर पालनमा मात्र नभएर सवै प्रकारका कृषि गर्ने किसानहरु मारमा परेको भन्दै सरकारबाट पाउने अनुदान झोले किसानहरुले मात्र पाएको गुनासो गर्दछन । 

वास्तविक किसानहरुले भने राहत पाउन नसकेको गुनासो गर्दै गौतमले अन्य कृषिका लागि आवश्यक पर्ने मल समयमै सरकारले ल्याउन नसकेको भन्दै किसानहरु आफै पनि अर्नानिक मल तिर लाग्नु पर्नेमा जोड दिन्छन ।

पुर्वी नेपालमा व्यवसायीक रुपमा कृषि गर्ने अवस्था नरहेको भन्दै समय समयमा किसानहरुले सरकारले वास्तविक किसानहरुका लागि राहत प्याकेज ल्याउनु पर्ने माग राख्दै आएका छन ।