उर्लाबारी ।  समृद्द नेपालको शान अधिकार सम्पन्न किसान भन्ने अभियानका साथ किसान हकहित अधिकार संरक्षण एवम् प्रवर्द्धनका लागि स्थानीय÷ प्रादेशिक तहमा अन्तरक्रियात्मक कार्यक्रम मोरङ्गको उर्लाबारीमा सम्पन्न भएको छ । 

उर्लाबारी नगरपालिकाको सभाहलमा अयोजित कार्यक्रममा  दमक नगरपालिकाका नगरप्रमुख राम कुमार थापाको प्रमुख आतिथ्यता एवं राष्ट्रिय किसान आयोगका सदस्य मन्जु धिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा झापा र मोरङ्गका ३५ जना बंगुर फार्म सञ्चालक किसानहरुको सहभागिता रहेकोथियो । WhatsApp Image 2022-09-22 at 17.41.23

 आयोगको काम, कर्तब्य र अधिकार, आयोगको जिम्मेवारी, नेपालमा किसान अधिकारको बर्तमान अबस्था र व्यवस्थाहरू, सुचना नयाँ प्रवधि, संरक्षणको अधिकार जलवायु र वातावरणीय प्रभावमा न्यायिक अधिकार, किसानलाइ निःशुल्क स्वास्थ्य सेवा, पशुपन्छि तथ्यांक विवरण, पशुपालन कार्यक्रममा महिलालाई   प्राथमिकता, वंगुर पकेट क्षेत्र, गौशालाहरूमा प्रांगारिक मल उत्पादन, वंगुर पालनको बजारिकरणमा देखिएको समस्या र समाधानका उपायहरू लगायतका विषयमा उक्त अभिमुखिकरण कार्यक्रममा कृषि मन्त्रालय प्रदेश नम्वर १ विराटनगरका वरिष्ठ पशु चिकित्सक दीपा दिवाली, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका वरिष्ठ पशु चिकित्सक डाक्टर सुसिल कुमार अधिकारी, राष्ट्रिय किसान आयोगका सदस्य मन्जु धिमाललगायतले शहजिकरण गरेका थिए  ।WhatsApp Image 2022-09-22 at 17.41.27 (1)