मोरगं । कृषि क्षेत्रमा लगानी र मिहिनेत अनुसारको आम्दानी गर्न नसकिरहेका कारण किसानहरु विकल्पको खोजी गर्न थालेको मोरगंको रंगेलीमा आयोजित एक कार्यक्रममा किसानहरुले गुनासो गरेका छन । 

   अखिल नेपाल किसान महासंघले  रंगेलीमा आयोजना गरेको कृषि क्षेत्र केन्द्रीत बहस कृषि छलफल चौतारी कार्यक्रममा किसानहरुले कृषि क्षेत्रमा समस्या माथि समस्या रहेको  गुनासो गरेका हुन । 

   किसानहरुका समस्याका विषयमा राष्ट्रिय किसान आयोग सहित सरकारलाई जानकारी गराउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य  तथा मोरगं जिल्ला सचिव  बमलाल खवासले जानकारी दिए । उनले सरकारले कृषि क्षेत्रको समस्या नदेखेका कारणले सरकारको ध्यानाकरण गराउन कृषि वहसको आयोजना गरिएको र अन्य ठाउँहरुमा समेत यस प्रकारको कार्यक्रमहरु आयोजना गरिने वताए । WhatsApp Image 2022-09-22 at 17.32.25 (2)

कुनै पनि किसिमको कृषि कार्य गरे पनि राम्रो आम्दानी गर्न सकिने नअवस्था रहेका कारण किसानहरु नर्भस भएको किसान सुन्दर राई वताउछन । उनले धान खेती गर्ने किसानहरु मात्र नभएर पशुपालन गर्ने किसानहरुको समेत उही खाले गुनासो रहेको सुनाए । 

किसानहरुका समस्या गुनासाहरु सुनेर सरकारलाई जानकारी गराउने उद्धेश्यले राष्ट्रिय किसान आयोगले समयसमयमा अनुगमन अवलोकन गर्दै आएको आयोगकी सदस्य मञ्जु धिमालले जानकारी दिइन । उनले आयोगमा आएका किसानहरुका गुनासाहरुका विषय केन्द्रीत अनुगमन तथा अवलोकनका लागि आउने क्रममा आफु बंगुर पालक किसानहरुले वजारिकरण समस्याका विषयको गुनासोका विषयमा जानकारी लिन आएको समेत वताइन । 

पुर्वी नेपाल लगायतका देशैभरका किसानहरुले समयमा मल , विउ विजन नपाइने सिर्चाइको राम्रो व्यवस्था नभएको लगायतका गुनासो गर्दै आएका छन ।