इटहरी । पचरुखी जेष्ठ नागरिक समाजको दशौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । समाजका अध्यक्ष कर्णबहादुर कार्कीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका वडा नम्बर ५का वडाध्यक्ष भिष्मकुमार घिमीरेको प्रमुख आतिथ्यमा दशौं कार्षिक साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा पचरुखी जेष्ठ नागरिक समाजका विषयमा अध्यक्ष कार्की उपाध्यक्ष गंगाप्रसाद दाहाल र सचिव हरिप्रसाद भट्टराई जानकारी गराएका थिए ।
कार्यक्रममा प्रमुख अतिथी घिमीरे सहित इटहरी उपमहानगरपालिका जेष्ठ नागरिक समाज नगर समन्वय समिति संयोजक पुष्यप्रसाद न्यौपाने , वडा सदस्य घनमाया पाण्डे लगायतले जिउँदा इतिहास जेष्ठ नागरिकहरुलाई सम्मान गर्नु पर्नेमा जोड दिएका थिए ।
जेष्ठ नागरिकहरुको हकहितका लागि संविधान देखि लिएर ऐन नियमावलीहरु समेत उल्लेख गरिएपनि कतिपय कुराहरु व्यवहारमा अझै लागु नभएको गुनासो गरिएको छ ।




















