इटहरी । थारु समुदायका महिलाहरुले मनाउने महान पर्व जितिया पुर्वी नेपालमा पनि धुमधामका साथ मनाइयो । थारु समुदायको उल्लेखिय बसोबास रहेको सुनसरीको इटहरीमा पनि विभिन्न ठाउँमा सांस्कृतिक कार्यक्रम सहित जितिया विशेष कार्यक्रम आयोजना गरियो ।
इटहरी उपमहानगरपालिका वडा ४ पोखरी टोलमा पनि थारु महिला सभा इटहरी ४को आयोजनामा थारु समुदायको भाषा संस्कृति पोखरीको संरक्षणमा जोड दिदै जितिया विशेष कार्यक्रम आयोजना गरिएको हो ।
थारु महिला सभा इटहरीकी अध्यक्ष सुशिला चौधरीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता चौधरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा थारु समुदायका विभिन्न पक्षका विषयमा चर्चा गरियो । कार्यक्रमका वक्ताहरुले जातिय भेषभुषा, कला संस्कृति संरक्षणका साथै वडामा रहेको थारु पोखरीका नामले परिचित पोखरी संरक्षणमा समेत जोड दिएका थिए ।
सोही अवसरमा थारु समुदायमा कला संस्कृति संरक्षणमा विशेष योगदान पुर्याएको भन्दै खिल नाराणय चौधरीलाई कदर पत्र प्रदान गरियो । थारु समुदायका महिलाहरुले सन्तानको दिघार्यु सुख शान्तिको कामना गर्दै जित महानको व्रत वस्ने प्रचलन रहेको छ ।




















