प्रदेशको नामका विषयमा प्रदेश सभामा सदस्यहरुले चर्चा गरिरहेको समयमा स्थगीत भएको १ नम्बर प्रदेश सभाको दशौं तथा बजेट अधिवेशनको पच्चिसौं बैठक आगामी शुक्रवारका लागि बोलाईएको छ । प्रदेश सभाको निर्वाचनको मिति तोकि सकेको तथा प्रदेश सभाको समायावधि सकिन लागेको समयमा बस्न लागेको प्रदेशको वैठकले नाम जुराउनेमा प्रदेशवासीले आशंका गरेका छन । एक रिपोट
प्रदेश सभाको दशौं तथा बजेट अधिवेशनको पच्चिसौं बैठकमा प्रदेश सभा सदस्यहरुले प्रदेशका नामका विषयमा समेत बोलिरहेका थिए , नामका विषयमा दलहरुविच सहमति हुन नसकिरहेको समयमा प्रदेश सभाको वैठक गत साउन २२ गते अर्काे सुचना प्रकाशित नहुँदा सम्मका लागि भनेर स्थगित गरिएको थियो ।
प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले प्रदेश सभाको बैठक वस्ने सुचना जारी गरेका हुन । प्रदेश सभाको बैठक वस्ने सुचना जारी भएपनि यस पटकको प्रदेश सभाको वैठकले पनि प्रदेशको नाम जुराउनेमा प्रदेवासीले आशंका गरेका छन । गत साउन २२ गते देखि स्थगन हुदै आएको प्रदेश सभाको वैठक पुन वस्ने हुँदा सदस्यहरुले प्रदेशका नामका विषयमा चर्चा गरेपनि नाम जुराउनेमा भने प्रदेशवासी ढुक्क हुन सकेका छैनन ।
प्रदेश सभाको निर्वाचनको मिति तोकि सकेको अवस्थामा प्रदेश सभामा रहेका दलहरुविच सहमति हुन नसकेको तर्फ संकेत गर्दै प्रदेशवासी दल तथा प्रदेश सभा सदस्यहरु प्रति आक्रोसित बनेका छन ।
१ नम्वर प्रदेश सभामा रहेका कुनै पनि दलको बहुमत समेत रहेको छैन भने प्रदेशको नामका लागि दुई तिहाई आवश्यक पर्ने हुन्छ । दलहरु विच नामका विषयमा साझा सहमति हुन नसक्दा प्रदेशको नाम अन्यौलमै पर्दै आएको छ । संघीयतापछि मुलुकमा सात प्रदेश कायम गरिएकोमा १ नम्बर प्रदेश बाहेकका सबै प्रदेशले नाम जुराई सकेका छन । प्रदेश सभाको निर्वाचनको मिति समेत तोकिसकेको अवस्थामा प्रदेशको नाम जुराउनेमा प्रदेशवासी आशंकीत छन । प्रदेश सभाको दशौं तथा बजेट अधिवेशनको पच्चिसौं वैठक समापन विधिवत रुपमा गर्नका लागि मात्र बैठक वोलाईएको हुन सक्ने आशंका समेत गरिएको छ ।




















