इटहरी । भाद्र शुक्ल तृतियाका दिन नेपाली हिन्दु महिलाहरुले महाउने महान चार्ड हरितालिका तिजको अवसर पारेर सुनसरीको इटहरीमा इटहरी लेडी जेसिजले तिज विशेष कार्यक्रमको आयोजना गरि शुभकामना आदान प्रदान गरेको छ ।
इटहरी क्षेत्रका महिलाहरुको नेतृत्व तथा व्यक्तित्व विकासका क्षेत्रका काम गर्दै आएको इटहरी लेडी जेसिजकी अध्यक्ष दुर्गा खड्का आचार्यको अध्यक्षता तथा संघिय सांसद डा. डिला संग्रौलाको प्रमुख आतिथ्यमा तिज विशेष कार्यक्रम आयोजना गरिएको हो ।
तिज विशेष कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानको कविता महोत्सवमा प्रथम बन्न सफल इटहरीकी साहित्यकार टिका आत्रेयलाई सम्मान समेत गरियो ।
लक्ष्मी बरालको संयोजकत्वमा भएको कार्यक्रममा इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भिम पौडेल ,इटहरी जेसिजका अध्यक्ष लोकनाथ भण्डारी,लेडी जेसिजका पुर्व अध्यक्ष लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । 
तिज विशेष कार्यक्रममा सांस्कृतिक कार्यक्रम समेत समावेश गरिएको थियो । सांस्कृतिक कार्यक्रममा विभिन्न गितसंगितमा महिलाहरुले प्रस्तुति दिएका थिए ।




















