इटहरी । नेपाली हिन्दु महिलाहरुको महान चार्ड हरितालिका तिजको अवसर पारेर सुनसरीको इटहरीमा रहेको विश्व आदर्श एकेडेमी प्राइभेट लिमिटेडले तीन जना महिलालाई सम्मान गरेको छ ।इटहरीमा रहेर विभिन्न सामाजिक कार्यमा महत्वुण भुमिका निर्वाह गर्दै आएका गिता गौतम , शारदा सिटौला र ममता प्रसाईलाई विश्व आदर्श एकेडेमीले सम्मान गरेको हो ।
निसाहय बालबालिका सेवा आश्रम सञ्चालन गर्दै आएकी गौतम र बह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीकी मुख्य सञ्चालिका सिटौला र द व्ययाम शाला सञ्चालन गर्दै आएकी प्रसाईलाई सम्मान तथा तिज विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरियो ।
विश्व आदर्श एकेडेमीका अध्यक्ष लेखनाथ घिमीरेको अध्यक्षतामा भएको सम्मान तथा तिज विशेष कार्यक्रममा तिजको महत्व अवसर चुनौती र विकृतीका विषय केन्द्रीत भएर वक्ता डाक्टर रमेश घिमीरेले बोलेका थिए ।तिजसंग जोडिने गितसंगित सहित विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विश्व आदर्श कलेजका प्राचार्य गणेशकुमार दुलाल , सहायक प्रचार्य रितेश चौधरी लगायतका विश्व आदर्श एकेडेमीका शिक्षक छात्रा तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।




















